विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ « Khabarhub

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा झापा घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-१० बस्ने २९ वर्षीया सुष्मा भण्डारी, सिन्धुली घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरइपालिका-९ बस्ने २८ वर्षीया करिना देवकोटा, झापा घर भई काठमाडौँ महानगरपालिका-३ बस्ने २७ वर्षीय साजन खनाल, दोलखा घर भइ भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने ३४ वर्षीय पेमा लामा तथा ओखलढुंगा घर भई काठमाडौँ महानगरपालिका-१५ बस्ने २७ वर्षीया तोमकुमारी थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेकामध्ये सुष्माले चेक रिपब्लिक पठाइदिने भन्दै ५ लाख ३५ हजार, करिनाले लिथुआनिया पठाइदिने भन्दै २ लाख ५० हजार, साजनले फिनल्याण्ड पठाइदिने भन्दै १२ लाख, पेमाले रोमानिया पठाइदिने भन्दै एक लाख र तोमकुमारीले माल्टा पठाइदिने भन्दै एक लाख ३५ हजार लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रहरीले सुष्मालाई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-१०, करिना र साजनलाई काठमाडौँ महानगरपालिका–३ तथा पेमालाई काठमाडौँ महानगरपालिका-१२ र तोमकुमारीलाई काठमाडौँ महानगरपालिका-१५ बाट पक्राउ गरिएको जनाएको छ।

उनीहरूलाई मंगलबार आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  १० : २० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित