बेनी-जोमसोम-कोरला सडकमा राति गाडी चलाउन नपाइने « Khabarhub

बेनी-जोमसोम-कोरला सडकमा राति गाडी चलाउन नपाइने


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज ८ देखि ११ गतेसम्म राति यातायात सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सूचना प्रकाशित गरी  म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरदेखि कोरला नाकासम्म साँझ ६बजेदेखि बिहान ६ बजेसम्म रातिमा यातायात सञ्चालनमा रोक लगाएको जनाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार ती दिनमा वर्षा र हिमपातको सम्भावना रहेकाले सम्भावित विपद् र न्यूनीकरणका लागि जिल्ला प्रशासनले उक्त निर्णय गरेको हो ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी  एकनारायण भण्डारीका अनुसार बिहीबारदेखि चार दिन वर्षा र हिमपातको पूर्व सूचनालाई मध्यनजर गरी त्यस क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइएको छ । 

उनका अनुसार वर्षाका कारण कालीगण्डकी करिडोरको मुस्ताङ खण्डमा बाढी, पहिरो र नदी कटानको जोखिम रहेकाले  सडक अवरुद्ध हुनसक्ने भएकाले सुरक्षित यात्राका लागि रात्रिकालीन समयमा यातायात सञ्चालन नगर्ने निर्णय भएको हो ।
 

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ११ : १७ बजे

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै