बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेन-जी नेताहरूको सकारात्मक प्रतिक्रिया : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’ « Khabarhub

बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेन-जी नेताहरूको सकारात्मक प्रतिक्रिया : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनप्रति जेन-जी नेतृत्व तहका युवाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

उनीहरूले नेपालको राष्ट्रिय हित, जलवायु न्याय, विपद् तथा विश्वव्यापी शासन प्रणालीमा रहेका विरोधाभासलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा उठाइएको भन्दै अब त्यसलाई ठोस कार्यमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।

जेन-जी नेता रवि किरण हमालले प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघको महासभामा उठाउनुपर्ने विषयवस्तुहरू सम्बोधनमा समेटिएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्।

‘विश्वको सबैभन्दा कान्छो सरकार प्रमुखको रूपमा नेपालको प्रतिनिधित्व गर्नु युवाहरूका लागि सुखद र आनन्ददायक कुरा हो,’ हमालले भनेका छन्।

उनले नेपालले विश्वमञ्चमा उठाएका मुद्दालाई अब ठोस कूटनीति, संस्थागत सुधार, आर्थिक विकास र राष्ट्रिय क्षमतामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

‘कुरा राखियो, सकियो भन्ने होइन। अब बल्ल काम सुरु भएको छ। यो सुरुवात मात्रै हो। हामी परिणाम पर्खिरहेका छौँ,’ हमालले भनेका छन्।

त्यस्तै, जेन-जी नेता मिराज ढुङ्गानाले प्रधानमन्त्री विदेश जाँदा देशको प्रतिनिधित्व गर्ने भएकाले आफूहरूको हृदयदेखि नै शुभकामना रहने बताएका छन् । 

उनले भाषणको शैलीभन्दा त्यसमा उठाइएका विषयवस्तु महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

ढुङ्गानाका अनुसार प्रधानमन्त्रीले नेपालको विपद्को मर्म र देशको वर्तमान अवस्थालाई गहिराइका साथ अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका छन् ।

‘घरमा आलोचना गरौँला, प्रश्न पनि गरौँला, तर घरमा मात्र गरौँला । हाम्रो देशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री विदेश जानुहुँदा हृदयदेखि नै शुभकामना रहन्छ,’ ढुङ्गानाले भनेका छन् ।

जेन-जी नेतृ तनुजा पाण्डेले प्रधानमन्त्री शाहले राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राख्दै नेपालको वास्तविक भावना र आवाज अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा प्रस्तुत गरेको बताएकी छन् ।

उनले जलवायु न्यायको साझा यात्रालाई निष्कर्षमा पुर्‍याउन निरन्तर अन्तर्राष्ट्रिय संवाद आवश्यक रहेको बताउँदै नेपालले आफ्ना आन्तरिक नीति, योजना र कार्यहरूलाई समेत सोहीअनुरूप सशक्त बनाउनुपर्नेमा जोड दिएकी छन् ।

यसैबीच, जेन-जी नेता मानिस अन्सारीले प्रधानमन्त्री शाहको सम्बोधन स्पष्ट, संयमित र सन्तुलित रहेको टिप्पणी गरेका छन् ।

उनका अनुसार प्रधानमन्त्रीले विश्वव्यापी शासन प्रणालीमा रहेका विरोधाभासलाई निकै विनम्र र सूक्ष्म ढंगले उजागर गरेका थिए । 

विशेषगरी जलवायु सुरक्षाको विषयलाई बेवास्ता गरेर गरिने विश्वव्यापी सुरक्षाको दाबीमा रहेको दोहोरोपनलाई प्रधानमन्त्रीले प्रभावकारी रूपमा प्रस्तुत गरेको उनको भनाइ छ ।

‘जलवायु सुरक्षाको विषयमा छलफल नगरी गरिने विश्वव्यापी सुरक्षाको दाबीमा रहेको दोहोरोपनलाई मिठो शैलीमा उदांगो पार्नुभयो । उत्कृष्ट कार्य, सम्माननीय प्रधानमन्त्रीज्यू,’ अन्सारीले भनेका छन्।

समग्रमा, जेन-जी नेताहरूले प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय सम्बोधनलाई सकारात्मक रूपमा लिँदै अब सम्बोधनमा उठाइएका विषयलाई कूटनीतिक पहल, राष्ट्रिय नीति, संस्थागत सुधार र ठोस परिणाममा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

उनीहरूका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज प्रस्तुत हुनु महत्वपूर्ण भए पनि सम्बोधनको वास्तविक मूल्यांकन अब त्यसपछि सरकारले गर्ने काम र हासिल गर्ने परिणामबाट हुनेछ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १ : १० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली