कात्तिक २० मा ‘डल्लेले इन्ट्री मार्‍यो’ « Khabarhub

कात्तिक २० मा ‘डल्लेले इन्ट्री मार्‍यो’

‘पाँच पाण्डव’सँगै भिड्ने


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता ‘सागर लम्साल ‘बले’ को डेब्यु चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’ अन्ततः प्रदर्शनमा आउने भएको छ । 

निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै चलचित्रलाई आगामी कात्तिक २० गतेदेखि हलमा ल्याउने घोषणा गरेको हो ।

पहिले गत वर्ष चैत २७ गते प्रदर्शन गर्ने तयारी गरिएको यो चलचित्र लम्साल पक्राउ परेपछि रोकिएको थियो । 

अब भने चलचित्रले कात्तिक २० मै प्रदर्शन हुने मल्टिस्टारर ‘पाँच पाण्डव’सँग बक्स अफिसमा प्रतिस्पर्धा गर्ने भएको छ।

यसको अर्को रोचक पक्ष भनेको लम्साल स्वयं ‘पाँच पाण्डव’बाट हटाइएका कलाकार हुन् । अ

मेरिकामा रहेकी एक युवतीले लम्सालमाथि बलात्कारको आरोप लगाएपछि उनी पक्राउ परेका थिए । 

त्यसबेला ‘पाँच पाण्डव’को करिब १० दिनको छायाङ्कन पूरा भइसकेको थियो । 

तर निर्माण पक्षले उनलाई चलचित्रबाट हटाएर उनले गरेका दृश्य पुनः छायाङ्कन गरेको थियो । त्यसपछि लम्साल र उक्त चलचित्रको निर्माण टिमबीच असन्तुष्टि देखिएको बताइएको छ ।

अब परिस्थिति यस्तो बनेको छ कि लम्सालको डेब्यु चलचित्र र उनलाई हटाइएको चलचित्र एउटै मितिमा दर्शकमाझ आउने भएका छन् । यसले कात्तिक २० को प्रदर्शनलाई थप चासोको विषय बनाएको छ।

राजु गिरीको निर्देशनमा बनेको ‘डल्लेले इन्ट्री मार्‍यो’ मा लम्सालसँगै रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रवीन्द्र झा, विशाल पहाडीलगायत कलाकारको अभिनय छ । 

लक्ष्मण सुवेदीको पटकथा तथा संवाद रहेको चलचित्रका निर्माता सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरी हुन्।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ३ : ३९ बजे

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा