कात्तिक २० मा ‘डल्लेले इन्ट्री मार्‍यो’ « Khabarhub

कात्तिक २० मा ‘डल्लेले इन्ट्री मार्‍यो’

‘पाँच पाण्डव’सँगै भिड्ने


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता ‘सागर लम्साल ‘बले’ को डेब्यु चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’ अन्ततः प्रदर्शनमा आउने भएको छ । 

निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै चलचित्रलाई आगामी कात्तिक २० गतेदेखि हलमा ल्याउने घोषणा गरेको हो ।

पहिले गत वर्ष चैत २७ गते प्रदर्शन गर्ने तयारी गरिएको यो चलचित्र लम्साल पक्राउ परेपछि रोकिएको थियो । 

अब भने चलचित्रले कात्तिक २० मै प्रदर्शन हुने मल्टिस्टारर ‘पाँच पाण्डव’सँग बक्स अफिसमा प्रतिस्पर्धा गर्ने भएको छ।

यसको अर्को रोचक पक्ष भनेको लम्साल स्वयं ‘पाँच पाण्डव’बाट हटाइएका कलाकार हुन् । अ

मेरिकामा रहेकी एक युवतीले लम्सालमाथि बलात्कारको आरोप लगाएपछि उनी पक्राउ परेका थिए । 

त्यसबेला ‘पाँच पाण्डव’को करिब १० दिनको छायाङ्कन पूरा भइसकेको थियो । 

तर निर्माण पक्षले उनलाई चलचित्रबाट हटाएर उनले गरेका दृश्य पुनः छायाङ्कन गरेको थियो । त्यसपछि लम्साल र उक्त चलचित्रको निर्माण टिमबीच असन्तुष्टि देखिएको बताइएको छ ।

अब परिस्थिति यस्तो बनेको छ कि लम्सालको डेब्यु चलचित्र र उनलाई हटाइएको चलचित्र एउटै मितिमा दर्शकमाझ आउने भएका छन् । यसले कात्तिक २० को प्रदर्शनलाई थप चासोको विषय बनाएको छ।

राजु गिरीको निर्देशनमा बनेको ‘डल्लेले इन्ट्री मार्‍यो’ मा लम्सालसँगै रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रवीन्द्र झा, विशाल पहाडीलगायत कलाकारको अभिनय छ । 

लक्ष्मण सुवेदीको पटकथा तथा संवाद रहेको चलचित्रका निर्माता सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरी हुन्।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ३ : ३९ बजे

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ