युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय « Khabarhub

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा मिसाइल उत्पादन गर्न अनुमति दिने अन्तिम निर्णय गरेको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन् । उनका अनुसार यस निर्णयपछि युक्रेनले आफ्नै भूमिमा प्याट्रियट मिसाइल उत्पादनका लागि आवश्यक इजाजतपत्र प्राप्त गर्नेछ ।

रुसले युक्रेनमाथि प्रहार गर्ने ब्यालिस्टिक मिसाइल रोक्न प्याट्रियट प्रणाली प्रभावकारी मानिए पनि किएभले यस्ता मिसाइलको अभाव झेलिरहेको छ । जेलेन्स्कीले पत्रकारहरूलाई पठाएको भ्वाइस नोटमा पछिल्लो भेटका क्रममा राष्ट्रपति ट्रम्पले आफूले अन्तिम निर्णय गरिसकेको र युक्रेनले प्याट्रियट मिसाइल उत्पादनको अनुमति पाउने बताएको जानकारी दिए ।

यसअघि जुलाईमा ट्रम्पले युक्रेनलाई यस्तो अनुमति दिनु उपयुक्त हुने बताएका थिए । तर पछि उनले अनुमति दिनुअघि अमेरिकाले यस विषयमा ‘धेरै सावधानी’ अपनाउनुपर्ने धारणा व्यक्त गरेका थिए । फेब्रुअरीमा अमेरिका र इजरायलबीच इरानसँग युद्ध भएपछि युक्रेनले प्याट्रियट इन्टरसेप्टर मिसाइलको थप अभाव सामना गर्नुपरेको जनाएको छ ।

त्यस क्रममा उन्नत हवाई प्रतिरक्षा प्रणालीका केही आपूर्ति अन्यत्र मोडिएको बताइएको छ । युक्रेनलाई उत्पादनको अनुमति प्राप्त भए पनि तत्काल आवश्यकताका लागि भने त्यसले पर्याप्त सहयोग नगर्ने देखिएको छ । नयाँ औद्योगिक उत्पादन क्षमता स्थापना गर्न एक वर्षभन्दा बढी समय लाग्न सक्ने भएकाले किएभले आगामी जाडोअघि तत्काल सैन्य सहयोगका लागि अमेरिकासँग आग्रह गरिरहेको छ ।

रुसले युक्रेनको विद्युत् तथा ताप आपूर्ति संरचनामाथि बारम्बार आक्रमण गर्दै आएकाले आगामी हिउँदमा त्यस्ता आक्रमण दोहोरिन सक्ने चिन्ता किएभले व्यक्त गरेको छ । जेलेन्स्कीले गत महिना युक्रेनलाई हिउँद पार गर्न अमेरिकाको प्याट्रियट इन्टरसेप्टर मिसाइलको पाँच प्रतिशत र रुसका सबै ब्यालिस्टिक प्रक्षेपण रोक्न १० प्रतिशत आवश्यक पर्ने बताएका थिए । यससँगै किएभले आफ्नै ब्यालिस्टिक मिसाइल प्रतिरोधी प्रणाली विकास गर्ने प्रयास पनि अघि बढाइरहेको छ । जेलेन्स्कीका अनुसार युक्रेनले ‘फ्रेयाम’ नामक आफ्नै प्रतिरक्षा प्रणाली निर्माणमा काम गरिरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ५ : ४२ बजे

ट्रम्प, पुटिन र सीबीच अर्को साता चीनमा भेटवार्ता हुने

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र

बाढी प्रभावित बालबालिकाको संरक्षण योजनामा सहभागी हुन आह्वान

काठमाडौँ – राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको

स्पेसएक्सको स्टारशिप परीक्षण असफल

एजेन्सी– अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई स्टारशिप रकेटको पछिल्लो परीक्षणमा

ओझेलमा परेका तीर्थस्थलको प्रचारप्रसारमा जोड

काठमाडौँ– देशका ऐतिहासिक तथा पौराणिक तीर्थस्थलको पहिचान, संरक्षण र प्रचारप्रसार

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाख बराबर क्षति

भक्तपुर– मध्यपुरथिमि-९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको सातौँ तलामा आज बिहान आगलागी