प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग « Khabarhub

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १६ लाख ८९ हजार २५० आर्थिक सहयोग गरेको छ । समाजले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित जनताको राहत र पुनःस्थापनाका लागि आज प्रधानमन्त्री राहत कोषमा उक्त रकम हस्तान्तरण गरेको हो ।

तनहुँका समाजसेवी इन्जिनियर सुजन विष्टको समन्वयमा सङ्कलित उक्त रकम आज कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो । मन्त्री वाग्लेलाई पुलिस मेस एसोसिएसन भारत राँचीका अध्यक्ष रामबहादुर गोदार, गोरखा सेवा निवृत्त सङ्घ राँचीका अध्यक्ष राजेनसिंह क्षेत्री, गोरखा उत्कर्ष युवा सङ्घका उज्वल थापा, दिवस ओली र गोविन्द पाण्डेले हस्तान्तरण गरेका हुन् ।

उक्त रकम झारखण्ड गोरखा समाजको अगुवाइमा प्रथम बाहिनी झारखण्ड, सशस्त्र पुलिस, गोरखा सेवा निवृत्त सङ्घ, भजनकीर्तन मण्डली र गोरखा उत्कर्ष युवासङ्घ राँची झारखण्डको पहलमा सङ्कलन गरिएको हो । रकम बुझ्दै मन्त्री वाग्लेले भारतको झारखण्डमा रहेर नेपालप्रति देखाएको स्नेह र सहकार्यप्रति हार्दिक आभार प्रकट गरे । उक्त कार्यले सामाजिक र मानवीय एकतालाई मजबुद बनाएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ९ : २६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया