प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित « Khabarhub

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक तथा बाह्य उडान सेवा प्रभावित भएको छ । फ्लाइ दुबईले बुधबारदेखि सुरु गरेको दुबई–पोखरा–दुबई दैनिक उडान पनि आज रद्द भएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।

“पोखराको मौसम खराब भएपछि फ्लाइ दुबईले पहिले नै उडान नहुने जनाएको थियो”, उनले भने, “आन्तरिकतर्फको उडान पनि दिनभर हुन सकेन, साँझपख बुद्ध एयरको तीनवटा मात्र उडान भयो ।” दुई दिन उत्साहजनक रूपमा उडान गरेको फ्लाइ दुबईको आजको उडानका लागि मौसम बाधक बनेको हो ।

फ्लाइ दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र साँझ ७ः१५ बजे दुबई प्रस्थानको तालिका रहेको विमानस्थलले जनाएको छ । फ्लाइ दुबईले बिहीबार गरेको दुबई–पोखरा उडानमार्फत १२२ यात्रु पोखरा अतवरण गरेका थिए ।

पोखराबाट दुबईका लागि १४३ जना यात्रु उक्त जहाजबाट गएका थिए । फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा १६५ यात्रु क्षमताको जहाजबाट नियमित उडान सुरु गरेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १० : २७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा