एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो « Khabarhub

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका खेलाडीहरूको सहभागितालाई लिएर अन्योल सिर्जना भएको दाबी गरेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बाट प्राप्त हुनुपर्ने नो-अब्जेक्शन सर्टिफिकेट (एनओसी) नपाउँदा उनीहरूको सहभागिता अनिश्चित बनेको क्रिकइन्फोले उल्लेख गरेको छ ।

क्रिकइन्फोका अनुसार पहिले नै एनओसी जारी भइसकेका खेलाडीहरूलाई समेत लिगमा सहभागी हुन रोकेर उक्त अनुमति हाललाई स्थगित गरिएको बताइएको छ । यसका साथै, पीसीबीले प्रति खेलाडी करिब २५ हजार अमेरिकी डलर बराबरको शुल्क माग गरेको एनपीएल स्रोतलाई उद्धृत गर्दै क्रिकइन्फोले जनाएको छ । पीसीबीले यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

एनओसी नपाएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ । लिगसँग सम्बद्ध व्यक्तिहरूका अनुसार पहिले नै एनओसी पाइसकेका खेलाडीहरूलाई समेत अहिलेका लागि अनुमति स्थगित गरिएको जानकारी दिइएको छ । नेपाल प्रिमियर लिगमा सहभागी प्रत्येक पाकिस्तानी खेलाडीको एनओसीवापत पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले करिब २५ हजार अमेरिकी डलर शुल्क माग गरेको दाबी गरिएको छ ।

एनपीएलका लागि अनुबन्धित खेलाडीहरूमा पाकिस्तानका टी-२० टोलीका कप्तान साहिबजादा फरहान, हैदर अली, हुनेन शाह, हुसेक तलत, इफ्तिकार अहमद, हसन अली र ओसामा मिर रहेका छन् । यी कुनै पनि खेलाडीहरू एनपीएलको समयमा सञ्चालन हुने पाकिस्तानका अन्य अन्तर्राष्ट्रिय खेलको टोलीमा समावेश छैनन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ८ : ०५ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका