विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित « Khabarhub

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय टिमले श्रीलंका ‘ए’सँगको तेस्रो खेलमा शानदार जित निकालेको छ।

शनिबार सम्पन्न भएको तेस्रो अभ्यास खेलमा नेपालले ७ विकेटको जित निकालेको हो। सुरुका दुई अभ्यास खेलमा पराजित भएको नेपालले अभ्यास शृङ्खलाको सुखद् अन्त्य गरेको हो।

सुरुमा ब्याटिङ गरेको श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमै ३ विकेट गुमाउँदै पूरा गरेको हो।

नेपालको जितमा कुशल भुर्तेलले महत्त्वपूर्ण योगदान दिए। अर्धशतक बनाउन एक रनले चुकेको भुर्तेलले ३५ बल खेल्दै ४९ रन बनाए।

उपकप्तान दीपेन्द्र सिंह ऐरी १५ बलमा २२ रन बनाउँदा अविजित रहे। त्यस्तै, आरिफ शेखले २२ बलमा २४ रन जोडे भने कप्तान रोहितकुमार पौडेलले १९ रनको योगदान दिए। ओपनर आशिफ शेख ११ रनमा आउट भएका थिए।

विश्वकप अगाडि अब नेपालले श्रीलंकाबाट सिधै भारतमा गएर अभ्यास गर्नेछ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ७ : १७ बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा