विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित « Khabarhub

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय टिमले श्रीलंका ‘ए’सँगको तेस्रो खेलमा शानदार जित निकालेको छ।

शनिबार सम्पन्न भएको तेस्रो अभ्यास खेलमा नेपालले ७ विकेटको जित निकालेको हो। सुरुका दुई अभ्यास खेलमा पराजित भएको नेपालले अभ्यास शृङ्खलाको सुखद् अन्त्य गरेको हो।

सुरुमा ब्याटिङ गरेको श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमै ३ विकेट गुमाउँदै पूरा गरेको हो।

नेपालको जितमा कुशल भुर्तेलले महत्त्वपूर्ण योगदान दिए। अर्धशतक बनाउन एक रनले चुकेको भुर्तेलले ३५ बल खेल्दै ४९ रन बनाए।

उपकप्तान दीपेन्द्र सिंह ऐरी १५ बलमा २२ रन बनाउँदा अविजित रहे। त्यस्तै, आरिफ शेखले २२ बलमा २४ रन जोडे भने कप्तान रोहितकुमार पौडेलले १९ रनको योगदान दिए। ओपनर आशिफ शेख ११ रनमा आउट भएका थिए।

विश्वकप अगाडि अब नेपालले श्रीलंकाबाट सिधै भारतमा गएर अभ्यास गर्नेछ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ७ : १७ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट