रियलको जितमा एम्बाप्पेको दुई गोल « Khabarhub

रियलको जितमा एम्बाप्पेको दुई गोल


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा रियल मड्रिड विजयी भएको छ । भिल्लारियलमाथि रियलले २–० गोलको जित निकालेको हो ।

रियलको जितमा केलियन एम्बाप्पे नायक बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवात अर्थात् ४७ मिनेटमा रियलका लागि एम्बाप्पेले अग्रता दिलाएका थिए । त्यसपछि खेलको अन्तिम अर्थात् अतिरिक्त समयमा पेनाल्टी गोल गर्दै एम्बाप्पेको दुई गोलमा रियल विजयी भएको हो ।

यो जितसँगै रियल ला लिगामा ५१ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ । रियलको यो जितसँगै बार्सिलो दोस्रो स्थामा झरेको छ । बार्सिलोनाको ४९ अंक रहेको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ८ : ५३ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव