इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल पराजित भएको छ । बोर्नमाउथले लिभरपुलमाथि ३–२ गोल अन्तरको जित निकालेको हो ।

प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा घरेलु मैदानमा बोर्नमाउथले रोमाञ्चक जित निकालेको हो । बोर्नमाउथको जितमा खेलको २६ औं मिनेटमा इभानिल्सनले पहिलो गोल गरे । उसका लागि ३३ औं मिनेटमा एलेक्स जिमेनेजले दोस्रो गोल गरे भने खेलको अन्तिम समयमा अमिन आदलीले निर्णयक गोल गरेका हुन् ।

लिभरपुलका लागि भर्जिल भान डाइकले पहिलो हाफको अतिरिक्त समय र डोमिनिक सोबोस्लाइनले खेलको ८० औं मिनेटमा गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन ।

लिभरपुललाई रोक्न गएराति भएको खेलमा बोर्नमाउथको रक्षा पंक्तिले महत्त्वपूर्ण योगदान दिएको थियो ।
यो जितसँगै बोर्नमाथले २३ खेलबाट ३० अंक बनाएको छ । लिभरपुल समान खेल खेल्दै ३६ अंकका साथ तालिकाको चौथो स्थानमा छ भने यो जितसँगै बोर्नमाउथ १३ औं स्थानमा छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ९ : ०८ बजे

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा