इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल पराजित भएको छ । बोर्नमाउथले लिभरपुलमाथि ३–२ गोल अन्तरको जित निकालेको हो ।

प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा घरेलु मैदानमा बोर्नमाउथले रोमाञ्चक जित निकालेको हो । बोर्नमाउथको जितमा खेलको २६ औं मिनेटमा इभानिल्सनले पहिलो गोल गरे । उसका लागि ३३ औं मिनेटमा एलेक्स जिमेनेजले दोस्रो गोल गरे भने खेलको अन्तिम समयमा अमिन आदलीले निर्णयक गोल गरेका हुन् ।

लिभरपुलका लागि भर्जिल भान डाइकले पहिलो हाफको अतिरिक्त समय र डोमिनिक सोबोस्लाइनले खेलको ८० औं मिनेटमा गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन ।

लिभरपुललाई रोक्न गएराति भएको खेलमा बोर्नमाउथको रक्षा पंक्तिले महत्त्वपूर्ण योगदान दिएको थियो ।
यो जितसँगै बोर्नमाथले २३ खेलबाट ३० अंक बनाएको छ । लिभरपुल समान खेल खेल्दै ३६ अंकका साथ तालिकाको चौथो स्थानमा छ भने यो जितसँगै बोर्नमाउथ १३ औं स्थानमा छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ९ : ०८ बजे

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा

एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको

आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता

काठमाडौं- विश्व अर्थतन्त्र र भूराजनीतिको केन्द्रविन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय