नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै « Khabarhub

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । नमोबुद्ध–मानेगाउँ युवा क्लबद्वारा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

तेस्रो संस्करणअन्तर्गत यही माघ १५ गतेदेखि २० गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा जित हासिल गर्ने टिमले एक लाख पाँच हजार पुरस्कार पाउनेछन् ।

नमोबुद्ध नपा–१ स्थित मानेगाउँमा आयोजित प्रतियोगितामा देशभरबाट दुई दर्जन बढीले सहभागिता जनाउने क्लबका सचिव गणेश लामाले जानकारी दिए । उनका अनुसार दोस्रो हुने टिमलाई ५५ हजार पुरस्कार दिइनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्लेयर, वेष्ट किपर, कोच, हाइस्कोरर र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई जर्सी प्रदान गरिने जनाइएको छ ।

यस्तै मोफसलमा प्रतिष्ठित मानिएको उक्त प्रतियोगितामा नेपालका उत्कृष्ट खेलाडीसहित राष्टिय क्लब, विभागीय टोलीको पनि सहभागिता रहने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ११ : ४५ बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका