बल्छीको ‘गोबर गणेश’ले व्यापार ९ दिनमा १ करोड नाघ्यो « Khabarhub

बल्छीको ‘गोबर गणेश’ले व्यापार ९ दिनमा १ करोड नाघ्यो


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन, शीर्ष भूमिका र निर्माण रहेको फिल्म ‘गोबर गणेश’ले सुरुवाती ९ दिनमा एक करोड ग्रस कलेक्सन कटाएको छ ।

बल्छीका अनुसार फिल्मले माघ १ देखि ९ गतेसम्म एक करोड १० लाख ग्रस कलेक्सन गरेको हो ।

माघ १ गते ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’समेत गरी तीन फिल्म प्रदर्शनमा आएका थिए । तीनमध्ये ‘गोबर गणेश’ले दोस्रो सातामा सबैभन्दा बढी शो पाएको फिल्म बनेको छ ।

दोस्रो सातामा हलमा दर्शक बढ्नेमा बल्छी आशावादी छन् । उनी दाबी गर्छन्, ‘हामीले इमानदार भएर कथा भन्ने प्रयास गरेका छौं । दर्शकले पनि ‘यो मेरो नै कथा हो’ भन्ने प्रतिक्रिया दिनुभएको छ । सकारात्म प्रतिक्रिया पाएकाले दोस्रो साता झन् दर्शक बढ्नेमा म आशावादी छु ।’

यस फिल्मको नायिका वर्षा शिवाकोटी हुन् । आमा–छोराको त्याग र संघर्षको कथामा यो फिल्म बनेको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  २ : ०६ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)