स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म « Khabarhub

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको कार्यप्रगति सार्वजनिक गरेकी छन् । २०८२ कात्तिक १० गते पदबहाली गरेकी मन्त्रीले तीन महिनामा आफ्नो नेतृत्वमा भएका कार्यप्रगति सार्वजनिक गरेकी हुन् ।

उनले जेन–जी घाइतेहरुको उपचार तथा व्यवस्थापन, मातृ तथा नवजात शिशु, मानसिक, वैदेशिक रोजगारमा संलग्न श्रमिक नेपालीको स्वास्थ्य, खरिद तथा आपूर्ति व्यवस्थापन, औषधि प्रयोगशाला सुधार, स्वास्थ्य बीमा लगायतलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छिन् ।

सेवा प्रवाह सुधार र प्रणालीगत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै नागरिक–केन्द्रित स्वास्थ्य प्रणाली निर्माणतर्फ उल्लेखनीय काम अघि बढाएको बताएकी छन् । संघ प्रदेश र स्थानिय सरकार स्वास्थ्यकर्मी विकास साझेदार र सञ्चारकर्मीहरुको सहकार्यबाट यी उपलब्धी सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पारदर्शिता जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।

यस्तो छ मन्त्री गौतमको तीन महिने कार्यप्रगति-

जेन–जी आन्दोलनका घाइतेको निःशुल्क उपचार
जेन–जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखिएको छ । मन्त्रिपरिषद्को २०८२ असोज १२ गतेको निर्णयअनुसार गठित समितिले २ हजार ६ सय ९ जनाको विवरण संकलन गरेको छ ।

हालसम्म सम्पर्कमा आएका १८९ जना घाइतेको वर्गीकरण विवरण गृह मन्त्रालयमा पठाइएको छ । घाइतेहरूको उपचार पूर्ण रूपमा निःशुल्क गरिएको छ भने डिस्चार्ज भइसकेकाहरूको फलोअप उपचारका लागि उपत्यकाभित्र ५ र बाहिर ११ गरी १६ सरकारी अस्पतालमा जेन–जी क्लिनिक सञ्चालनमा छन् ।

उपचारमा लागेको खर्च अस्पताललाई शोधभर्ना दिने व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ ।

प्रशासनिक तथा कानुनी सुधार
स्वास्थ्य बीमा ऐन, स्वास्थ्य सेवा ऐन, औषधि ऐन, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान ऐन र स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन प्रक्रिया मन्त्रिपरिषद् स्तरसम्म पुगेको छ । वर्षौँदेखि हुन नसकेको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणलाई पनि अघि बढाइएको छ ।

नागरिक गुनासो तत्काल सम्बोधन गर्न ‘हेलो स्वास्थ्य’ १११५ हटलाइन र मन्त्रालयको गुनासो एकाइलाई थप प्रभावकारी बनाइएको छ । संघीय संरचनाअनुसार देखिएका समस्या समाधानका लागि प्रदेश र स्थानीय तहसँग बहु–पक्षीय समन्वय बैठकहरू सम्पन्न भएका छन् ।

मातृ, नवजात तथा मानसिक स्वास्थ्यमा प्रगति
उच्च मातृ मृत्युदर भएका लुम्बिनी, कर्णाली, गण्डकी र मधेश प्रदेशमा विशेष कार्यक्रम सञ्चालन गरिएको छ । नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि एनइएनएपी र एमपीडिएसआर कार्यक्रम विस्तार गरिएको मन्त्रालयले जनाएको छ ।

मानसिक स्वास्थ्यतर्फ सबै संघीय अस्पतालमा मनोसामाजिक परामर्श केन्द्र स्थापना गरिएको छ । ‘मनको कुरा गरौँ’ नारासहित देशव्यापी मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन भइरहेको छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीको स्वास्थ्य
वैदेशिक रोजगारमा जाने तथा विदेशमा रहेका नेपाली श्रमिकलाई लक्षित गर्दै टेलिमेडिसिन सेवा विस्तार गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कमार्फत स्वास्थ्यसम्बन्धी सूचना प्रवाह भइरहेको छ भने शहीद राज अस्पतालबाट ट्राभल मेडिसिन क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

स्वास्थ्य बीमा सुधारमा जोड
स्वास्थ्य बीमा कार्यक्रम ७५३ वटै स्थानीय तहमा विस्तार भए पनि स्रोत अभाव, दाबी भुक्तानी ढिलाइ र व्यवस्थापन कमजोरीजस्ता समस्या देखिएकाले सुधार प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य बीमा सुधारका लागि राष्ट्रिय कार्यशाला सम्पन्न भई १९ बुँदे कार्ययोजना कार्यान्वयनमा गएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  २ : २५ बजे

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर

जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक किशोरको मृत्यु

जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी