शकिबको पुनरागमन खुला « Khabarhub

शकिबको पुनरागमन खुला


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब अल हसनको राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावनाका लागि ढोका खुला राखिएको बताएका छन् । क्रिकेट मैदानमा लामो समयदेखि चम्कँदै आएका शकिब सन् २०२४ को जनआन्दोलनका क्रममा अपदस्थ भएको तत्कालीन सत्तारूढ दलका सांसदसमेत रहेका थिए ।

पूर्वप्रधानमन्त्री शेख हसिनासँगको निकट सम्बन्धका कारण शकिब जनआक्रोशको केन्द्रमा परेका थिए । विद्यार्थी नेतृत्वको आन्दोलनमाथि भएको घातक प्रहरी दमनसँग जोडेर हसिनामाथि हत्या अनुसन्धान गरिएकामध्ये उनी पनि एक थिए ।

शकिबले सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए । तर गत महिना उनले आफ्नो त्यो निर्णय फिर्ता लिँदै पुनः खेल्ने इच्छा व्यक्त गरेका थिए ।

बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) का वरिष्ठ अधिकारी अमजद हुसेनले शनिबार राति पत्रकारहरूसँग कुरा गर्दै यदि अवस्था अनुकूल भए शकिबलाई राष्ट्रिय टोलीमा विचार गरिने स्पष्ट पारे । “बोर्डले सर्वसम्मत रूपमा निर्णय गरेको छ कि यदि शकिब अल हसनको उपलब्धता, शारीरिक फिटनेस र पहुँचले अनुमति दियो भने र उहाँ खेल हुने स्थानमा उपस्थित हुन सक्नुहुन्छ भने बोर्ड र चयन समितिले उहाँलाई राष्ट्रिय टोलीका लागि विचार गर्नेछ”, उनले भने ।

अमजद हुसेनका अनुसार विदेशी लिगहरूमा सहभागी हुन चाहेमा बिसिबीले शकिबलाई अनापत्ति प्रमाणपत्र (एनओसी) पनि प्रदान गर्नेछ । “यदि उहाँ अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेल्न चाहनुहुन्छ भने बोर्डले आवश्यकताअनुसार एनओसी उपलब्ध गराउनेछ”, उनले थपे ।

शकिबले यसअघि विद्यार्थी आन्दोलनको समयमा मौन बसेको विषयमा सार्वजनिक रूपमा माफी मागेका थिए । तर उनले अपदस्थ सरकारमा सहभागी हुने आफ्नो निर्णयको भने बचाउ गरेका थिए ।

यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शनिबार बङ्गलादेशको स्थानमा स्कटल्यान्डलाई सहभागी गराएपछि बङ्गलादेश अर्को महिना हुने टी–२० विश्वकपबाट बाहिरिने अवस्थामा पुगेको छ । बिसिबीले आफ्ना खेलाडीहरू भारत पठाउन अस्वीकार गरेको थियो र खेलहरू सह–आयोजक श्रीलङ्कामा सार्न आग्रह गरेको थियो ।

भारतीय क्रिकेट बोर्डले इन्डियन प्रिमियर लिग टोली कोलकाता नाइट राइडर्सलाई बङ्गलादेशका फास्ट बलर मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएपछि नयाँ दिल्ली र ढाकाबीचको विवाद यसै महिना सुरु भएको थियो । आइसिसीले भारतमा बङ्गलादेशी टोलीका लागि कुनै विश्वसनीय सुरक्षा खतरा नभएको जनाएको छ ।

तर बिसिबीले यो विषय आफ्नो नियन्त्रणभन्दा बाहिर रहेको बताएको छ । “यो सुरक्षासम्बन्धी सरकारी निर्णय हो”, अमजद हुसेनले भने, “यसका कारण हामीले गर्न सक्ने अरू केही थिएन ।” हसिनाको सरकार पतन हुँदा शकिब क्यानाडामा घरेलु टी–२० प्रतियोगितामा खेलिरहेका थिए र त्यसयता उनी बङ्गलादेश फर्किएका छैनन् ।

बायाँहाते अलराउन्डर शकिबले बङ्गलादेशका लागि ७१ टेस्ट, २४७ एकदिवसीय अन्तर्राष्ट्रिय र १२९ टी–२० खेल खेलेका छन् । यी सबै प्रतियोगितामा उनले कुल ७१२ विकेट लिएका छन्, जसले उनलाई बङ्गलादेश क्रिकेट इतिहासका सर्वाधिक प्रभावशाली खेलाडीमध्ये एक बनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ३ : ०८ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने