राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोनलोन’ सेवा आरबीबी डिजिटल संसार एपमार्फत सुरु « Khabarhub

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोनलोन’ सेवा आरबीबी डिजिटल संसार एपमार्फत सुरु


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै आरबीबी डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत ‘आरबीबी फोनलोन’ नामक नयाँ डिजिटल ऋण सेवा सुरु गरेको छ ।

बैंकका अनुसार यो डिजिटल कर्जा सेवा एफ१ सफ्ट ग्रुप अन्तर्गतको फोनलोन प्राइभेट लिमिटेडद्वारा प्रदान गरिएको छ, जसले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा वितरण सुनिश्चित गर्दछ ।

यस सेवामार्फत बैंकमा तलब बचत खाता रहेका योग्य ग्राहकले हाललाई एक लाख रुपैयाँसम्मको ऋण कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा भ्रमण नगरी सिधै मोबाइल एपमार्फत तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।  

बैंकका अनुसार ऋणको सीमा तथा योग्यता बैंकले तोकेका मापदण्डअनुसार निर्धारण गरिनेछ, जसमा तलब जम्मा कारोबारको नियमितता, हालसालैका ऋण दायित्व तथा ऋण चुक्ता गर्ने व्यवहार समावेश छन् । ग्राहकहरूले एक महिनाको अवधिमा वा १२ महिनासम्म किस्ताबन्दी मार्फत ऋण चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन् । 

बैंकबाट मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकहरूले यस एपमार्फत प्रमाणित इमेल ठेगाना प्रदान गरी सेवा दर्ता गर्न सक्नेछन् । योग्य ग्राहकहरूले यस एपको ड्यासबोर्डबाटै ऋण आवेदन दिन सक्नेछन् र स्वीकृतिपछि सेवा उपभोग गर्न सक्नेछन् ।

उक्त सेवा बैंकको ६१औँ वार्षिकोत्सव समारोहका अवसरमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले शुभारम्भ गरेका हुन् । यस कर्जा सेवाका बारेमा उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौड्यालले भने, ‘आरबीबी फोनलोन सेवामार्फत ग्राहकहरूलाई सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल ऋण समाधान उपलब्ध गराउने हाम्रो उद्देश्य हो। प्रविधिको उपयोग गर्दै वित्तीय सेवामा पहुँच विस्तार गर्नु बैंकको प्राथमिकता हो।’

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ४ : ०६ बजे

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी

झापाबाट काठमाडौँ आउँदै गरेको हायस दुर्घटना : तीन जना घाइते

काठमाडाैँ –बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना

फ्रान्समा हिंसात्मक प्रदर्शन : शान्ति कायम गर्न राष्ट्रपति म्याक्रोको आह्वान

पेरिस – महँगी, इन्धनको मूल्यवृद्धि र खस्कँदो सार्वजनिक सेवाको विरोधमा