जिरीका किसानलाई वर्षे आलु रोप्न भ्याई नभ्याई  « Khabarhub

जिरीका किसानलाई वर्षे आलु रोप्न भ्याई नभ्याई 


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दोलखा– आलु खेतीको उर्वर भूमिको रूपमा रहेको जिल्लाको जिरी नगर क्षेत्रका स्थानीय किसानहरूलाई हिजोआज आलु रोप्न भ्याई नभ्याई छ । 

जिरीका प्राय सबै ठाउँको मुख्य खेती नै आलु भएकाले यहाँका किसानलाई यो समय वर्षे आलु रोप्न चटारो छ। वार्षिक करोडौँको आलु उत्पादन हुने जिरीमा वर्षे आलु रोप्ने सिजन सुरु भएको हो ।

मुख्यगरी जिरीको बुलडाँडा र ठूलोपातालमा अन्यत्रको तुलना धेरै आलु खेती हुने गरे पनि अहिले जिरीका सबै क्षेत्रमा धमाधम आलु लगाउने काम चलिरहेको छ ।

जिरीको अन्य गाउँहरू सिक्री, त्रिशुले, माली, श्यामा, यलुङ, कलंङ, सिउरानी, ओखरे, ढुंगे, भण्डारे र खावामा पनि अहिले वर्षे आलु रोप्ने चटारो छ ।

माघ लाग्दा समेत हिउँदे वर्षा र हिमपात नभएपछि किसानहरू फुस्रो र सुकेको बारीमै आलुको बुक्मा बनाएर तथा बारीमा ड्याङ खनेर धमाधम आलु लगाउन थालेका हुन ।

जिरीका ६५ प्रतिशात स्थानीय आलु खेतीमा निर्भर 

 जिरीका ६५ प्रतिशत स्थानीयको आम्दानीको स्रोत नै आलु भएकाले पनि आलु रोप्ने सिजनको सदुपयोग गर्दै असोज पछिको बाझो बारी बनाएर आलु रोप्न थालिएको स्थानीय दावा शेर्पाले बताए ।

गत भदौ-असोजमा ३ लाख बराबरको आलु बिक्री गरेका शेर्पाले आगामी वर्षको लागि करिब आलु रोपेर सक्न लागेको बताए ।

 जिरीका एक किसानले सिजनमा न्यूनतम दुई लाखदेखि सात लाख रुपैयाँसम्मको आलु बिक्री गर्ने गरेका छन् । गत वर्ष आलुको मूल्यमा गिरावट आउँदा सोचेजस्तो आम्दानी गर्न नसकेका किसान आगामी वर्ष राम्रो मूल्य लिन सकिन्छ भन्ने आशाले आलु खेतीमा व्यस्त छन् ।

गाउँघर युवाविहीन बन्दा अघिल्ला वर्षहरूको जस्तो आलु उत्पादन घटे पनि सीमित स्थानीयले जिरीको आलु खेतीलाई धान्ने गरेका छन् ।

जिरीबाट वार्षिक १० करोड बढीको आलु निर्यात 

जिरीबाट गत वर्ष झन्डै १२ करोड बराबरको आलु काठमाडौं निर्यात गरिएको थियो । त्यसैगरी गत दुई महिना भदौ-असोजमा १० करोड रुपैयाँ बराबरको आलु निर्यात भएको अनुमान गरिएको छ ।

जिरीको तल्लो क्षेत्रमा मंसिर देखिनै आलु रोप्ने गरिन्छ भने,माथिल्लो क्षेत्रमा माघ लागेपछि मात्र आलु रोप्ने थालिन्छ। त्यसैगरी जिल्लाका अन्य क्षेत्रमा पनि अहिले वर्षे आलु लगाइन्छ ।

मुख्य गरी जिल्लाको शैलुङ, मेलुङ, लाकुरीडाँडा,खरिढुङ्गा, कालिन्चोक, गौरीशंकर खावा, जिरी, वैतेश्वर पोखरी, ठुलचौर, ठुलोबन फाप्लु एवो, हाव्वा, ठुलोपातल,गैरिमुदि,मिर्गे लगायतका क्षेत्रमा अत्यधिक आलु खेती हुँदै आएको छ । दोलखाका किसानले स्थानीय जात सँगै बाहिरबाट उन्नत जातको बिउ ल्याएर आलु लगाउने गर्छन् । -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ६ : ४७ बजे

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका

संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस

न्युयोर्क- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तनाव कम गर्न

झापाको कचनकवलमा मखनाखेती 

झापा– मुलुकको होचो स्थानका रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक

इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व संकलन

कर्णाली– कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख