बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै « Khabarhub

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र साहले सोमबार दमकमा घरदैलो कार्यक्रम थाल्ने भएका छन् ।

पार्टीका अनुसार सोमबार बिहान ८ बजेदेखि सुरू हुने घरदैलो कार्यक्रममा सहभागी हुन दमक–९ स्थित उराव बस्तीमा भेला समर्थकलाई भनिएको छ।

घरदैलो कार्यक्रम उराव बस्तीबाट सुरु भई पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै आएर समापन गरिने बालेन्द्रको सचिवालयले जनाएको छ।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार साहले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गरी समस्या सुन्ने र आफ्नो चुनावी प्रतिबद्धता प्रस्तुत गर्ने पार्टीले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय बासिन्दा तथा समर्थकहरूलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेको छ। बालेन्द्र शनिबार काठमाडौं फर्किएसँगै अहिले उनकी श्रीमती सविना काफ्ले झापाको दमक पुगेकी छन्।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ६ : ५६ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि