बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै « Khabarhub

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र साहले सोमबार दमकमा घरदैलो कार्यक्रम थाल्ने भएका छन् ।

पार्टीका अनुसार सोमबार बिहान ८ बजेदेखि सुरू हुने घरदैलो कार्यक्रममा सहभागी हुन दमक–९ स्थित उराव बस्तीमा भेला समर्थकलाई भनिएको छ।

घरदैलो कार्यक्रम उराव बस्तीबाट सुरु भई पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै आएर समापन गरिने बालेन्द्रको सचिवालयले जनाएको छ।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार साहले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गरी समस्या सुन्ने र आफ्नो चुनावी प्रतिबद्धता प्रस्तुत गर्ने पार्टीले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय बासिन्दा तथा समर्थकहरूलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेको छ। बालेन्द्र शनिबार काठमाडौं फर्किएसँगै अहिले उनकी श्रीमती सविना काफ्ले झापाको दमक पुगेकी छन्।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ६ : ५६ बजे

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका

संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस

न्युयोर्क- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तनाव कम गर्न

झापाको कचनकवलमा मखनाखेती 

झापा– मुलुकको होचो स्थानका रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक

इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व संकलन

कर्णाली– कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख