समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह « Khabarhub

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले समाचार र सूचनालाई थप विश्वसनीय बनाउन तथ्यलाई आधार बनाउन तथा हल्लाको पछि नलाग्न आग्रह गरेको छ । 

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर–नेपाल)ले काठमाडौँमा आयोजना गरेको सम्मेलनमा विज्ञ तथा अध्येताले प्रविधिमा भएको पहुँचले अत्यधिक मिथ्या सूचना आए पनि तिनलाई छनोट गरी तथ्यलाई मात्र विश्वास गर्न जरुरी रहेको बताए । 

मिथ्या सूचनाले समाजका सबै क्षेत्रलाई प्रभावित पारेको उल्लेख गर्दै विज्ञहरूले मिथ्या सूचना विरुद्धको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नुपर्ने तथा सूचना साक्षरता बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । 

सम्मेलनमा राजनीतिशास्त्री हरि शर्माले राजनीतिलगायत सबै क्षेत्रमा मिथ्या सूचनाको प्रभाव परेको उल्लेख गर्दै आँखाले देखेको कुरासमेत सही नहुने अवस्था रहेको बताए । प्रश्न सकिए लोकतन्त्र मर्ने धारणा राख्दै उनले प्रश्न सकिए मिथ्या सूचनाले स्थान पाउने बताए ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ७ : १८ बजे

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका

संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस

न्युयोर्क- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तनाव कम गर्न

झापाको कचनकवलमा मखनाखेती 

झापा– मुलुकको होचो स्थानका रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक

इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व संकलन

कर्णाली– कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख