समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह « Khabarhub

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले समाचार र सूचनालाई थप विश्वसनीय बनाउन तथ्यलाई आधार बनाउन तथा हल्लाको पछि नलाग्न आग्रह गरेको छ । 

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर–नेपाल)ले काठमाडौँमा आयोजना गरेको सम्मेलनमा विज्ञ तथा अध्येताले प्रविधिमा भएको पहुँचले अत्यधिक मिथ्या सूचना आए पनि तिनलाई छनोट गरी तथ्यलाई मात्र विश्वास गर्न जरुरी रहेको बताए । 

मिथ्या सूचनाले समाजका सबै क्षेत्रलाई प्रभावित पारेको उल्लेख गर्दै विज्ञहरूले मिथ्या सूचना विरुद्धको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नुपर्ने तथा सूचना साक्षरता बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । 

सम्मेलनमा राजनीतिशास्त्री हरि शर्माले राजनीतिलगायत सबै क्षेत्रमा मिथ्या सूचनाको प्रभाव परेको उल्लेख गर्दै आँखाले देखेको कुरासमेत सही नहुने अवस्था रहेको बताए । प्रश्न सकिए लोकतन्त्र मर्ने धारणा राख्दै उनले प्रश्न सकिए मिथ्या सूचनाले स्थान पाउने बताए ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ७ : १८ बजे

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको