जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू) « Khabarhub

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको संगम स्थलको रूपमा अवस्थित पर्यटकीय गन्तव्य ताँबेडाँडामा पछिल्लो समय जिरी हुँदै घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको संस्था बढ्न थालेको छ ।

जिरी घुम्न पुग्ने जोकोही पनि अहिले ताँबेडाँडाँ पुग्न थालेका छन् । जिरी बजारबाट २ घण्टाको छोटो यात्रामा सहज रूपमा ताँबेडाँँडाँ पुग्नुहुँदा दोलखा सदरमुकाम चरिकोट हुँदै जिरी पुग्ने पर्यटकले त्यहाँ पुगेपछि ताँबेडाँडाको यात्रा तयार गर्ने गरेका छन् ।

रामेछापको सदरमुकाम मन्थली हुँदै आउने पर्यटक भन्दा पछिल्ला दिनहरुमा काठमाडौँ-जिरी हुँदै ताँबेडाँडा पुग्ने पर्यटक बढेको जिरीका स्थानीय इन्द्रबहादुर जिरेलले बताए ।

दर्जनौँ हिमशृङ्खलासँगै दोलखा-रामेछापका रमणीय दृश्यअवलोकन गर्न सकिने हुँदा पछिल्ला दिनहरूमा जिरी हुँदै ताँबेडाँडा पुग्ने पर्यटक बढेको उनले बताए ।

जिरी नगरपालिकाको लिकंन बजार देखि ताँबेडाँडाको दुरी करिब ३० किलोमिटर रहेको छ जहाँ पुग्न करिब डेढ-दुई घण्टा लाग्ने गर्छ ।

३२ सय मिटर उचाइमा अवस्थित ताँबेडाँडाबाट दोलखाको सदरमुकाम चरिकोट, गौरीशंकर हिमाल, चेर्दोङ, हनुमन्तेडाँडा, शैलुङ र कालिञ्चाेकको सहज रूपमा अवलोकन गर्न सकिन्छ ।

त्यसैगरी सिन्धुपाल्चोक,सोलुखुम्बुमा,दोलखा लगायतका जिल्लामा रहेका दर्जनौँ हिमालय हिम शृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

ताँबेडाँडाबाट देखिने गाउँबस्ती र आलु खेती तथा आसपासको हरियालीसँगै पर्यटकको आकर्षणको लागि ताँबेडाँडा निर्माण गरिएका पर्यटकीय तथा धार्मिक संरचनाले जोकोहीलाई लोभ्याउने गर्छ । तस्बिर/सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ७ : ३३ बजे

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको