उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त « Khabarhub

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । 

आज लालबन्दी नगरपालिका–१, नवलपुरमा पायल्सको उपचारका क्रममा सोही नगरपालिका–२, पुनर्वास बस्ने अन्दाजी १८ वर्षीया हंशु पासवानको मृत्यु भएको हो । 

नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयका चिकित्सकले लापरबाही पूर्ण ढङ्गले गलत शल्यक्रिया गरिदिएकाले किशोरीको मृत्यु भएको परिवारको आरोप छ । 

शल्यक्रिया लगत्तै अवस्था गम्भीर बनेपछि किशोरीलाई थप उपचारका लागि हरिवनस्थित नमूना अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

घटनालगत्तै मृतकका आफन्त तथा स्थानीयले टायर बालेर पूर्व पश्चिम राजमार्गमा केहीबेर सवारी आवागमन अवरुद्ध गरेका थिए । 

सुरक्षा निकायको पहलमा घटनाको निष्पक्ष छानबिन गर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउने सहमतिपछि यातायात पुनः सञ्चालन भएको प्रहरी नायब उपरीक्षक राईले बताए । किशोरीको उपचारमा संलग्न चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो । 
 

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ७ : ५७ बजे

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको