काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा पार्टीका केन्द्रीय तहकै १५ जना सदस्यले एकैपटक पार्टी त्यागेको औपचारिक घोषणा गरेका छन् । उनीहरूले विज्ञप्तिमा जारी गर्दै अब आफूहरू पार्टीसँग आबद्ध नरहेको स्पष्ट पारेका हुन् ।
पार्टी छोड्ने घोषणा गर्नेहरूमा डा. बिशाल कुमार भण्डारी, डा। अभिसेकराज सिंह, डा। घनश्याम पाण्डे, डा। सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ, कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ र संजिव भट्टराई रहेका छन्।
विज्ञप्तिमा पार्टीभित्र पछिल्लो समय देखिएको नीतिगत अस्पष्टता, नेतृत्वको कार्यशैली र निर्णय प्रक्रियाप्रति असहमति जनाउँदै पार्टीमा रहिरहन नसक्ने अवस्था आएको उल्लेख गरिएको छ।
हस्ताक्षर नराखिएको उक्त विज्ञप्तिमा सामूहिक निर्णयका आधारमा पार्टी त्यागिएको उल्लेख छ।













प्रतिक्रिया