उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी « Khabarhub

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा पार्टीका केन्द्रीय तहकै १५ जना सदस्यले एकैपटक पार्टी त्यागेको औपचारिक घोषणा गरेका छन् । उनीहरूले विज्ञप्तिमा जारी गर्दै अब आफूहरू पार्टीसँग आबद्ध नरहेको स्पष्ट पारेका हुन् ।

पार्टी छोड्ने घोषणा गर्नेहरूमा डा. बिशाल कुमार भण्डारी, डा। अभिसेकराज सिंह, डा। घनश्याम पाण्डे, डा। सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ, कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ र संजिव भट्टराई रहेका छन्।

विज्ञप्तिमा पार्टीभित्र पछिल्लो समय देखिएको नीतिगत अस्पष्टता, नेतृत्वको कार्यशैली र निर्णय प्रक्रियाप्रति असहमति जनाउँदै पार्टीमा रहिरहन नसक्ने अवस्था आएको उल्लेख गरिएको छ।

हस्ताक्षर नराखिएको उक्त विज्ञप्तिमा सामूहिक निर्णयका आधारमा पार्टी त्यागिएको उल्लेख छ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ९ : ०६ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी