देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा « Khabarhub

देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।

आज दिउँसो तराई भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भाग तथा अन्य प्रदेशको हिमाली भागमा साधरणतया बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति तराई भूभागका केही स्थानमा तुँवालो लाग्नेछ । गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ७ : २७ बजे

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी