मोरङमा दुई अस्थायी मतदान केन्द्र राख्न आयोगलाई सिफारिस « Khabarhub

मोरङमा दुई अस्थायी मतदान केन्द्र राख्न आयोगलाई सिफारिस


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको लागि मोरङमा दुई वटा अस्थायी मतदान केन्द्र राख्न प्रदेश निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई सिफारिस गरेको छ । 

दुई वटा मतदान केन्द्र थप भए सँगै मोरङमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ९० वटा मतदान केन्द्र रहने भएको छ । निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूका लागि आदर्श पुस्तकालयमा अस्थायी मतदान केन्द्र स्थापना गर्न सिफारिस गरिएको छ । 

अस्थायी मतदाताका लागि ५ हजार २ सय ८२ जनाको नामावली संकलन भएको र यसमा मोरङ कारागारका १ सय ६४ जना कैदी बन्दीले समेत नाम दर्ता गराएका छन् । 

यसैगरी मोरङ कारागारमा रहेका कैदी बन्दीका लागि एउटा अस्थायी मतदान केन्द्र सिफारिस गरिएको निमित्त प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले जानकारी दिए । 

निर्वाचनमा खटिने कर्मचारीहरूले भने आफू खटिएको मतदान केन्द्रमा नै समानुपातिक तर्फ मतदान गर्न पाउनेछन् । मोरङमा अस्थायी मतदाता नामावलीमा रहेका कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दी तथा वृद्धाश्रममा रहेका आश्रित नागरिकहरूले अस्थायी मतदान केन्द्रमा समानुपातिक तर्फ मात्र मतदान गर्न पाउनेछन् । 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १ : ०० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली