मोरङमा दुई अस्थायी मतदान केन्द्र राख्न आयोगलाई सिफारिस « Khabarhub

मोरङमा दुई अस्थायी मतदान केन्द्र राख्न आयोगलाई सिफारिस


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको लागि मोरङमा दुई वटा अस्थायी मतदान केन्द्र राख्न प्रदेश निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई सिफारिस गरेको छ । 

दुई वटा मतदान केन्द्र थप भए सँगै मोरङमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ९० वटा मतदान केन्द्र रहने भएको छ । निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूका लागि आदर्श पुस्तकालयमा अस्थायी मतदान केन्द्र स्थापना गर्न सिफारिस गरिएको छ । 

अस्थायी मतदाताका लागि ५ हजार २ सय ८२ जनाको नामावली संकलन भएको र यसमा मोरङ कारागारका १ सय ६४ जना कैदी बन्दीले समेत नाम दर्ता गराएका छन् । 

यसैगरी मोरङ कारागारमा रहेका कैदी बन्दीका लागि एउटा अस्थायी मतदान केन्द्र सिफारिस गरिएको निमित्त प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले जानकारी दिए । 

निर्वाचनमा खटिने कर्मचारीहरूले भने आफू खटिएको मतदान केन्द्रमा नै समानुपातिक तर्फ मतदान गर्न पाउनेछन् । मोरङमा अस्थायी मतदाता नामावलीमा रहेका कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दी तथा वृद्धाश्रममा रहेका आश्रित नागरिकहरूले अस्थायी मतदान केन्द्रमा समानुपातिक तर्फ मात्र मतदान गर्न पाउनेछन् । 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १ : ०० बजे

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्