कास्कीका मतदान अधिकृतलाई अभिमुखीकरण तालिम सुरु « Khabarhub

कास्कीका मतदान अधिकृतलाई अभिमुखीकरण तालिम सुरु


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्की जिल्लामा आगामी हुने स्थानीय निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागी अभिमुखीकरण तालिम पोखरामा सुरु गरिएको छ ।  

उक्त अभिमुखीकरणमा १ सय ५३ मतदान स्थल र ३ सय ६३ मतदान केन्द्रका लागी खटिने ६ सय ८२ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी रहेका छन् ।

कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले कास्की जिल्लाको निर्वाचन प्रक्रियालाई महत्वका साथ हेरिएको भन्दै निर्वाचन लाई सुरक्षित र निष्पक्ष बनाउनका लागी सबै सरोकारवाला पक्षको महत्त्वपूर्ण जिम्मेवारी रहने बताए । उनले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूले इमानदारीताका साथ आफ्नो भूमिका पुरा गर्न आग्रह गरे । 

३ लाख ८ हजार ५ सय ७२ जना मतदाता रहेको कास्की जिल्लामा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लाई मर्यादित र व्यवस्थित बनाउनका सबैको भूमिका महत्त्वपूर्ण हुने कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले बताइन् ।

कास्की जिल्लामा निर्वाचनका लागी १ सय ५३ मतदानस्थल र ३ सय ६३ वटा मतदान केन्द्र रहेका छन् । मतदान केन्द्रलाई अति संवेदनशील , केही संवेदनशील र केही सामान्य गरी वर्गीकरण गरिएसँगै पर्याप्त मात्रामा सुरक्षाकर्मीहरू परिचालन हुने हुँदा ढुक्क साथ मतदान गर्न सकिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीले बताएका छन्  । 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १ : ०६ बजे

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’

अपाङ्ग महासङ्घमा ‘संस्थागत कू’ को प्रयास : पदाधिकारी नै आन्दोलनमा

​काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर)

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको