‘आबाट आमा’को व्यापारले पलको रिभाइभ « Khabarhub

‘आबाट आमा’को व्यापारले पलको रिभाइभ


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जालमा फिल्म बहिस्कारको ट्रेन्ड चलेपछि संकटमा परेका नायक पल शाह रिभाइभ भएका छन् ।

सामाजिक सञ्जालको ट्रेन्ड चलेपछि पल दुई फिल्मबाट निकालिए । त्यसपछि पललाई व्यवसायिक संकट पर्ने धेरैको टिप्पणी थियो । हुन पनि उनलाई फिल्ममा लिन मेकरहरु डराइरहेका थिए ।

फिल्म ‘रावायण’ फ्लप हुनुको एक कारण पनि पलको विवादित पृष्ठभूमि बन्यो । ०८१ भदौमा यो फिल्म प्रदर्शनमा आउँदा उनको पुरानो यौनकाण्डले चर्चामा पाएको थियो ।

त्यहीकारण उनी दुई फिल्म ‘कल्ली’ र ‘महाराजधिराज’बाट निकालिए ।

पलको करिअरलाई संकटमा पार्न यी दुई घटना नै काफी थियो । यसरी फिल्मबाट निकालिएको नायकलाई लिन अन्य मेकरहरुले के जोखिम लिन्थे ?

अर्कातिर लगातार पलको फिल्म फ्लप भइरहेका थिए । ‘मायावी’ फ्लप भयो । त्यसपछिको ‘मोहर’ले पनि बक्स अफिसमा कमाल गर्न सकेन । तथापि ‘मायावी’ र ‘रावायण’भन्दा केही बढी व्यापार गर्‍यो ।

यही बीचमा उनले फिल्म ‘यानीमाया’ निर्माणको घोषणा गरे । त्यसबेला ‘अरुले फिल्म नदिएपछि पल आफैँ निर्माण’ टिप्पणी भएको थियो ।

तर, अहिले चर्चामा रहेका एक मात्रै नायक पल हुन् । निर्वाचनका कारण फिल्मी गतिविधि नै नभइरहेको बेला उनको फिल्म ‘आबाट आमा’ सुपरहिट बनेको छ । गत शनिबारसम्म यो फिल्मले ११ करोड ग्रस कलेक्सन गरेको छ ।

यो फिल्म हिट बनेपछि पल शाहको डिमान्ड फेरि फर्किएको छ । ‘आबाट आमा’को सिक्वेलमा उनले नै निरन्तरता भएका छन् ।

त्यस्तै, उनको अर्को फिल्म ‘मोहर’को सिक्वेल ‘मोहर २’मा पनि उनी दोहोरिने चर्चा छ । निर्देशक ओम प्रतीक पललाई नै हिरो बनाउने गरी स्क्रिप्टको काममा छन् ।

अहिले पललाई अन्य फिल्महरूको पनि प्रस्ताव गइरहेको पाइन्छ । सामाजिक सञ्जालका दर्शक हलमा तान्न क्षमताका कारण उनी रोजाइको नायक बनेका छन् । उनका केही प्रोजेक्ट सार्वजनिकको तयारीमा छन् ।

‘आबाट आमा’को सफलताले फेरि पलको डिमान्ड बढाएको छ । अबको व्यस्त नायकमा उनी गणना हुने सम्भावना उच्च छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ७ : ०२ बजे

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो