अमेरिकी संसद्‍मा ट्रम्पले सुनाए उपलब्धि : भारत-पाक युद्ध रोकेँ, गाजा युद्धविराम ठूलो सफलता, इरानको आणविक कार्यक्रम ध्वस्त « Khabarhub

अमेरिकी संसद्‍मा ट्रम्पले सुनाए उपलब्धि : भारत-पाक युद्ध रोकेँ, गाजा युद्धविराम ठूलो सफलता, इरानको आणविक कार्यक्रम ध्वस्त


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान (नेपाली समयअनुसार) अमेरिकी संसद्मा वार्षिक सम्बोधन गरेका छन्।

वर्षको सुरुवातमा राष्ट्रपतिले दिने यस सम्बोधनलाई ‘स्टेट अफ द युनियन’ भनिन्छ। करिब १ घण्टा ५० मिनेट लामो भाषणमा ट्रम्पले फेरि एकपटक भारत–पाकिस्तानबीचको सम्भावित संघर्ष आफूले रोकेको दाबी दोहोर्‍याए।

उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको भनाइ उद्धृत गर्दै दुवै देशबीच परमाणु युद्ध भए ३ करोड ५० लाख मानिस मारिन सक्ने आशंका रहेको जिकिर गरे । तर भारतले यस दाबीलाई सधैँ अस्वीकार गर्दै आएको छ।

ट्रम्पले गाजामा इजरायल–हमास युद्धविरामलाई आफ्नो उपलब्धिका रुपमा वर्णन गरे। अर्कातिर भेनेजुएलासँग सम्बन्ध सुधार र त्यहाँ तेल उत्पादन वृद्धि भएको दाबी गर्दै त्यसलाई अमेरिकाको नयाँ मित्र देशको रूपमा चित्रण गरे। उनलले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई गरिएको अपहरण पनि उपलब्धिका रुपमा चित्रण गरे।

इरानबारे उनले अमेरिका पुगेको दूरीसम्म प्रहार गर्न सक्ने मिसाइल बनाउने क्षमताबारे चेतावनी दिए। ट्रम्पले गत वर्ष जुलाईमा गरिएको आक्रमणपछि इरानको परमाणु कार्यक्रम ध्वस्त पारिएको दाबी गरे।

यसका साथै २८ डिसेम्बरदेखि १४ जनवरीबीच इरानमा महँगीविरुद्ध भएका प्रदर्शनमा कम्तीमा पनि ३२ हजार प्रदर्शनकारी मारिएको आरोप पनि लगाए।

ट्रम्पको भाषणका ६ मुख्य बुँदा

१. इरानलाई चेतावनी:

इरानले युरोप र विदेशस्थित अमेरिकी ठेगानालाई खतरा पुग्ने मिसाइल बनाइसकेको दाबी ट्रम्पले गरे। यसका साथै अमेरिकी कारबाहीपछि इरानको परमाणु कार्यक्रम अन्त्य भएको जिकिर उनको थियो ।

२. भारत–पाकिस्तान संघर्षबारे दाबी:

ट्रम्पले ३ करोड ५० लाख जनाको सम्भावित मृत्यु रोकिएको दाबी गरे। तर भारतले यसलाई स्वीकार गरेको छैन।

३. गाजा युद्धविराम:

गाजामा इजरायल–हमासबीच भएको युद्धविरामलाई सफल उपलब्धिका रुपमा सुनाएका उनले सबै इजरायली बन्धक रिहा भएको उल्लेख गरे।

४. महँगी र तेल उत्पादन:

महँगीका लागि डेमोक्रेट्स जिम्मेवार रहेको आरोप लगाउँदै उनले आफ्ना नीतिले मूल्य घट्दै गएको बताए। अमेरिकामा दैनिक करिब ६ लाख ब्यारेलभन्दा बढी तेल उत्पादन बढेको दाबी उनले गरे।

५. ट्यारिफ र व्यापार नीति:

सर्वोच्च अदालतको ट्यारिफसम्बन्धी निर्णयलाई दुर्भाग्यपूर्ण बताउँदै उनले १५ प्रतिशत नयाँ वैश्विक ट्यारिफ लागू गर्ने योजना सुनाए।

६. ऊर्जा उत्पादन र भेनेजुएला:

तेल तथा ग्यास उत्पादन बढाउने प्रतिबद्धता दोहोर्‍याउँदै उनले भेनेजुएलालाई नयाँ मित्र राष्ट्र भने। उनले सेना पठाएर त्यहाँ राष्ट्रपतिलाई उठाएको कुरा पनि उपलब्धिका रुपमा वर्णन गरे।

भाषणका क्रममा के के भयो ?

१. सांसदलाई बाहिर निकालियो:

ट्रम्पको भाषणका क्रममा डेमोक्रेटिक सांसद अल ग्रीनलाई हाउस च्याम्बरबाट बाहिर निकालियो। उनले ‘ब्ल्याक पिपल आर नट एप्स’ लेखिएको पोस्टर देखाएका थिए।

२. जेफ्री एपस्टिन मुद्दा:

डेमोक्रेटिक पार्टीले जेफर्रे एप्स्टिनका पीडितलाई सम्बोधन कार्यक्रममा बोलाएको थियो। तर ट्रम्पले उक्त प्रकरणबारे केही पनि बोलेनन् ।

३. विरोधका प्रतीक:

केही डेमोक्रेट सांसदहरूले विरोध जनाउन विशेष पोसाक र ब्याच लगाएका थिए।

४. इल्हान उमरको टिप्पणी:

सोमाली–अमेरिकी सांसद इल्हान उमरलेले ‘ट्रम्प, तपाईंले अमेरिकीहरूलाई मार्नुभएको छ’ भन्दै विरोध जनाइन् । ट्रम्पले ‘आफैँलाई लाज मान्नुपर्छ’ भन्ने जवाफ फर्काए।

५. परिवारको उपस्थिति:

ट्रम्पका सबै सन्तान र फर्स्ट लेडी मेलानिया ट्रम्प संसद्को ग्यालरीमा उपस्थित थिए। ट्रम्पले हालै प्रकाशित मेलानियाको जीवनी पुस्तक ‘मेलानिया’ को पनि चर्चा गरे।

विपक्षको प्रतिक्रिया

भर्जिनियाकी गभर्नर अबिगाइल स्पनब्रेगरले डेमोक्रेटिक पार्टीका तर्फबाट प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले रूस र चीनप्रति नरम नीति लिएको आरोप लगाइन्।

उनले भनिन्, ‘राष्ट्रपति आफ्ना सफलताबारे बोले पनि वास्तविक समस्याको समाधान नदिएको र झूट बोलेर दोष अरूलाई थोपरेको आरोप लगाइन्।

यसका साथै कम तालिमप्राप्त संघीय एजेन्टलाई शहरहरूमा पठाएर पुर्जीबिना गिरफ्तारी गरिँदा नागरिक अधिकार हनन भएको दाबी उनले गरिन्।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  २ : १८ बजे

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपीभी खोप लगाइयो

नेपालगञ्ज– बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

ट्रकको ठक्करबाट दुई युवकको मृत्यु, चालक फरार 

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार

प्रसाईंको जवाफ : आरजुसँग अढाई वर्षअघि भेटेको फोटो अहिले भाइरल बनाइदिए

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक

झाडीमा परिणत भएको गोरखकाली टायर उद्योग (तस्बिरहरू)

गोरखा- २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर