ओलीलाई मतदाताले भने, ‘हामी तपाईंलाई भोट दिन्छौँ, तपाईं हामीलाई विकास दिनुस्’ « Khabarhub

ओलीलाई मतदाताले भने, ‘हामी तपाईंलाई भोट दिन्छौँ, तपाईं हामीलाई विकास दिनुस्’


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गौरीगञ्ज- झापा क्षेत्र नम्बर ५ स्थित गौरीगञ्जका बासिन्दाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर विकासका योजना मागेका छन् ।

बुधबार गौरीगञ्ज गाउँपालिका-५ को श्यामाटोली पुगेका पूर्वप्रधानमन्त्री ओलीसँगको भेटमा उनीहरूले विगतदेखि नै एमालेलाई जिताउँदै आएको बताए । उनीहरूले यस पटक पनि जिताएरै छोड्ने धारणा सुनाए ।

स्थानीय होवोदेवी राजवंशीले भनिन्, ‘हामी त जुगदेखि एमाले हो । सूर्यबाहेक अन्त भोट हालेकै छैन । यस पटक पनि सूर्यमै हाल्ने हो ।’

उनले यस क्षेत्रमा बाटो विस्तार गरी बिजुलीको सेवा सहज बनाइदिन ओलीसमक्ष आग्रह गरिन् । यस्तै त्यही ठाउँका किरण गनगाईले बाटो, बिजुली केही नभएको ठाउँमा ओलीलेनै विकास गरेको भन्दै बाँकी विकासको जिम्मा लगाउन सूर्यमै भोट हाल्ने बताए ।

‘अरु कस्ले गर्छ र जिताउनु ?’ उनले भने, ‘जसले गर्छ, उसैलाई त हो भोट दिने ।’

रतुवा खोलाको तटबन्धन थप बलियो बनाउन जरुरी रहेको भन्दै अर्का स्थानीय सुकदेव सिंहले अब ओलीको जीतपछि यी काम पूरा हुने विश्वास व्यक्त गरे ।

सीमावर्ती गौरीगञ्जको उक्त गाउँमा पुग्दा एमाले अध्यक्ष ओलीलाई राजवंशी, सन्थाल लगायतका आदिवासी समुदायका स्थानीयले स्वागत गरे । महिलाहरूले ओलीसँग मातृभाषामा साक्षातकार गरे ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  २ : ३० बजे

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’

अपाङ्ग महासङ्घमा ‘संस्थागत कू’ को प्रयास : पदाधिकारी नै आन्दोलनमा

​काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर)

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको