जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण सम्पन्न « Khabarhub

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण सम्पन्न


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को दोस्रो संस्करण पूरा भएको छ ।

‘स्टोरिज बियोन्ड बोर्डस: ह्वेय कल्चर मिट्स सिनेम’ भन्ने नारासहित जनकपुरमा फागुन ८ देखि सुरु भएको महोत्सव फागुन ११ सम्पन्न भएको हो ।

संवाद फाउन्डेसनद्वारा आयोजित चारदिने महोत्सवमा ६५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन गरिएका थिए ।

महोत्सवको समापन समारोहमा विभिन्न विधाका उत्कृष्ट चलचित्रलाई पुरस्कृत तथा सम्मान गरियो । अन्तर्राष्ट्रिय प्यानोरामा अन्तर्गत डेभिड कासाल्स-रोमाको ‘कप्स’ उत्कृष्ट लघु कथानक चलचित्र घोषित भयो ।

शेख अल मामुनको ‘ड्रेन्ड बाई ड्रिम्स’ उत्कृष्ट फिचर कथानक चलचित्र बन्यो । रोस्ताम नजरिको ‘साइद क्यापिलो’ उत्कृष्ट लघु वृत्तचित्र, रिंकु शर्माको ‘हमार रामलिला’ उत्कृष्ट फिचर वृत्तचित्र र बार्तोज जार्जिकीको ‘फियर/स्टार्च’ उत्कृष्ट एनिमेसन अवार्डबाट सम्मानीत भए ।

विद्यार्थी प्यानोरामा ‘भ्चाइसेस् अफ टुमोरो’ अन्तर्गत काथ्रिन एलिस कोभालेन्कोको ‘बिल्ट अन होप’ उत्कृष्ट वृत्तचित्र र डानिलो स्तानिमिरोभिचको ‘क्याट्स’ उत्कृष्ट कथानक चलचित्र घोषित भए ।

क्षेत्रीय प्यानोरामामा विप्लव विश्वासको ‘सकार बकार (रिभर रेड)’ उत्कृष्ट लघु चलचित्र बनेको छ । नेपाली प्यानोरामामा निर्मल पौडेलको ‘निलो आकाश’ उत्कृष्ट लघु कथानक तथा श्रीजन राज पाण्डेको ‘मित्क्पा’ उत्कृष्ट वृत्तचित्र घोषित भए ।

दोस्रो संस्करणको महोत्सवका संयोजक तथा फाउन्डेसनका अध्यक्ष कुमार भास्करले जनकपुरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उल्लेख गरे ।

उनका अनुसार यसले जनकपुरलाई सांस्कृतिक तथा ऐतिहासिक सहरका रूपमा विश्व समुदायसमक्ष चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ। उनले विदेशी चलचित्रकर्मीहरूलाई जनकपुरमा चलचित्र छायाङ्कन गर्न निम्तो दिँदै त्यहाँको मौलिकता र धार्मिक महत्वलाई विश्व बजारमा पुर्‍याउन आग्रह गरे।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  २ : ३१ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत