हिरासतबाट निस्किएपछि झन् उग्र प्रसाईं, मतदातालाई भने : देश सक्ने चुनावमा गएर भोट नहाल्नू « Khabarhub

हिरासतबाट निस्किएपछि झन् उग्र प्रसाईं, मतदातालाई भने : देश सक्ने चुनावमा गएर भोट नहाल्नू


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक एवम् हिन्दु धर्म अभियन्ता दुर्गा प्रसाईंले फेरि चुनावविरोधी अभिव्यक्ति दिएका छन् ।

सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न आदेश जारी गरेको थियो । बुधबार काठमाडौं प्रहरी परिसरबाट रिहा भएका उनले चुनावविरोधी कडा अभिव्यक्ति दिएका हुन् ।

निर्वाचन विथोल्नसक्ने भन्दै प्रहरीले उनलाई फागुन ४ गते प्रहरीले पक्राउ गरेको थियो। उनले सर्वोच्च अदालत, सिंहदरबार र संसद् भवन जलाइएको बताउँदै त्यति गरेर २०८४ को चुनाव ०८२ मा गर्न लागिएको दाबी गरे ।

‘संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, सिंहदरबारदेखि स्वास्थ्य चौकीसमेत डढाएर के परिवर्तन आयो ? ०८४ को चुनाव ०८२ मै गर्न सिंहदरबारमा आगो लगाएको हो ? यो कुरा प्रष्ट नभइ तपाईंहरू किन चुनाव गराउनु हुन्छ ?’, उनले भने, ‘मैले बोल्दाखेरी थुनिनुपर्ने ? मैले यो कुरा पटक पटक बोलेको हो । सिंहदरबार र संसद् भवनमा आगो लाग्दा कोही पनि नबोल्ने अनि अहिले हतियार र बर्दी देखाएर चुनावमा जाने ?’

उनले पहिले संविधान संशोधन गर्नुपर्ने, सर्वदलीय बैठक बस्नुपर्ने, हिन्दु राज्य र राजसंस्था फर्काएर मात्रै चुनावमा जानुपर्ने बताए ।

‘सबै ठाउँमा आगो लगाएर खाली चुनावमा मात्रै जाने । नियमित चुनाव त ०८४ मै भइजान्थ्यो नि’, उनले भने, ‘२०५८ जेठ १९ गते राजारानीको हत्या गर्ने, २०६३ को आन्दोलन गराउने, नयाँ संविधानबाट गणतन्त्र ल्याउने र सिंहदरबारमा आगो ललगाउने एउटै समूह हो । अहिले त्यसैले चुनाव गराएर देशलाई युक्रेन बनाउँदैछ।’

उनले यही अवस्थामा यदि चुनाव भएमा नेपाल दोस्रो युक्रेन हुने दोहोर्‍याए । ‘यो चुनाव भयो भने देश दोस्रो युक्रेन हुन्छ । नेपाल अब युक्रेनको बाटोमा जाँदैछ’, उनले भने, ‘के लोकतन्त्रमा बोल्न पाइँदैन । मेरो कुरा मैले भन्न सक्छु।’

उनले मतदाताहरूलाई कुनै हालतमा भोट हाल्न नजाज अपील गरे। ‘तपाईंहरू चुनावमा नजानुस् । देश सक्ने विचार छ भने चुनावमा भोट हाल्नुस् । भात खाने जनता हो भने यो पटक चुनावमा भोट हाल्न जाँदैन’, उनले भने, ‘देश सक्ने चुनावमा गएर किन समय बर्बाद गर्नु हुन्छ ?’

भिडियोमा हेर्नुहोस् :

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ३ : २१ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै