कार्यकाल सकिए पनि पुनः एमालेमा क्रियाशील हुन्छु : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे « Khabarhub

कार्यकाल सकिए पनि पुनः एमालेमा क्रियाशील हुन्छु : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभामा हुने प्रतिनिधित्व निकै उत्तम रहेको बताएकी छन् ।

आफ्नो कार्यकाल पुरा हुन केही दिन बाँकी रहँदा बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले प्रदेशगत हिसाबले सबैलाई समेटेर सभामा हुने प्रतिनिधित्व निकै उत्तम रहेको बताएकी हुन् । 

कानुन निर्माणका लागि निकै महत्त्वपूर्ण रहेको राष्ट्रियसभालाई प्रभावकारी बनाउन आगामी दिनमा सबैले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन् ।

उनले राष्ट्रियसभाले कानुन बनाउन सकेन भन्ने टिप्पणीहरू पनि सुन्ने गरेको भन्दै विधेयक ल्याउने जिम्मेवारी सरकारको हुने कुरा बुझाउन सक्नुपर्नेमा जोड दिइन् । 

उपाध्यक्ष घिमिरेले जनतामा सेवा प्रवाह गर्नका लागि केही संविधान संशोधन गरेर विषय उठेको अवस्थामा सबै दलहरू मिलेर छिटोभन्दा छिटो त्यसलाई अघि बढाउनुपर्ने धारणा राखिन् ।

अहिलेसम्मको अभ्यासका क्रममा देखिएका कमी कमजोरीका आधारमा संशोधन गर्ने विषय टुङ्गो लगाउन सहज हुने उनको भनाइ छ । घिमिरेले राष्ट्रियसभाको कार्यकाल समाप्त भएपछि आफू पुनः एमालेमा नै क्रियाशील हुने जानकारी दिइन् । 

आगामी फागुन २० गतेदेखि घिमिरेसहित १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै छ । 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ४ : ५२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली