एन्फा राष्ट्रिय लिग : लालीगुराँस शीर्षस्थानमा « Khabarhub

एन्फा राष्ट्रिय लिग : लालीगुराँस शीर्षस्थानमा


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लालीगुराँस एसोसिएसन एन्फा राष्ट्रिय लिगको शीर्षस्थानमा उक्लिएको छ । 

बुधबार त्रिपुरेश्वरस्थति दशरथ रंगशालामा भएको खेलमा काँक्रेविहार क्लबलाई ४–१ को गोल अन्तरले पराजित गर्दै लालीगुराँस शीर्षस्थानमा उक्लिएको हो । 

लालीगुराँसको जितमा अब्दुस युसुफ हाउलेको ह्याट्रिक गरे भने मुकुन्द निउरेले एक गोल गरे । काँक्रेविहारका तर्फबाट एकमात्र गोल सोनाम आचार्यले गरेका थिए । जितसँगै शीर्ष स्थानमा रहेको लालीगुँरासको ७ खेलमा १७ अंक भएको छ भने काँक्रेबिहारको एक अंक रहेको छ ।

त्यस्तै बुधबार नै दशरथ रंगशालामा भएको अर्को खेलमा श्री भगवती क्लब र सातदोबाटो युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल हुन भने सकेनन् । 

बराबरीसंगै ७ खेल खेलेको सातदोबाटोको ६ अंक भएको छ भने समान खेल खेलेको भगवतीको ५ अंक रहेको छ । 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ५ : ०७ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले