एन्फा राष्ट्रिय लिग : लालीगुराँस शीर्षस्थानमा « Khabarhub

एन्फा राष्ट्रिय लिग : लालीगुराँस शीर्षस्थानमा


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लालीगुराँस एसोसिएसन एन्फा राष्ट्रिय लिगको शीर्षस्थानमा उक्लिएको छ । 

बुधबार त्रिपुरेश्वरस्थति दशरथ रंगशालामा भएको खेलमा काँक्रेविहार क्लबलाई ४–१ को गोल अन्तरले पराजित गर्दै लालीगुराँस शीर्षस्थानमा उक्लिएको हो । 

लालीगुराँसको जितमा अब्दुस युसुफ हाउलेको ह्याट्रिक गरे भने मुकुन्द निउरेले एक गोल गरे । काँक्रेविहारका तर्फबाट एकमात्र गोल सोनाम आचार्यले गरेका थिए । जितसँगै शीर्ष स्थानमा रहेको लालीगुँरासको ७ खेलमा १७ अंक भएको छ भने काँक्रेबिहारको एक अंक रहेको छ ।

त्यस्तै बुधबार नै दशरथ रंगशालामा भएको अर्को खेलमा श्री भगवती क्लब र सातदोबाटो युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल हुन भने सकेनन् । 

बराबरीसंगै ७ खेल खेलेको सातदोबाटोको ६ अंक भएको छ भने समान खेल खेलेको भगवतीको ५ अंक रहेको छ । 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ५ : ०७ बजे

एमाले पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित