स्तरोन्नतिपछिको व्यापारिक चुनौती सामना गर्न सरकारले ल्यायो ‘वाणिज्य क्षेत्र रणनीतिक योजना २०८१’ « Khabarhub

स्तरोन्नतिपछिको व्यापारिक चुनौती सामना गर्न सरकारले ल्यायो ‘वाणिज्य क्षेत्र रणनीतिक योजना २०८१’


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सन् २०२६ नोभेम्बरदेखि अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने निश्चित भएको छ । नेपाल विकासशील मुलुकमा स्तरोन्नति भएपछि सरकारले त्यसपछिका व्यापारिक चुनौतीहरूलाई सम्बोधन गर्न ‘वाणिज्य क्षेत्रको रणनीतिक योजना, २०८१’ तर्जुमा गरेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको यस योजनाले स्तरोन्नति पश्चात् गुम्न सक्ने वैदेशिक व्यापारका सुविधाहरूको क्षति न्यूनीकरण गर्दै मुलुकको निर्यात व्यापारलाई दिगो बनाउने लक्ष्य राखेको छ ।

संयुक्त राष्ट्र संघको महासभाले २३ नोभेम्बर २०२१ मा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । नेपालले स्तरोन्नतिका तीनवटा सूचकांकमध्ये मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांकको मापदण्ड पूरा गरिसकेको भए पनि प्रतिव्यक्ति कुल राष्ट्रिय आयको मापदण्ड अझै पूरा हुन सकेको छैन । 

स्तरोन्नति भएपछि नेपालले हाल अति कम विकसित मुलुकको रूपमा पाइरहेको भन्सार रहित र कोटा रहित बजार पहुँच गुमाउन सक्ने देखिएको छ । विशेष गरी युरोपेली युनियन, संयुक्त राज्य अमेरिका र अन्य विकसित देशहरूमा नेपाली उत्पादनको निर्यातमा थप भन्सार भार पर्न सक्ने र यसबाट निर्यात व्यापारमा करिब ४.३ प्रतिशत सम्मको ह्रास आउन सक्ने अध्ययनहरूले देखाएका छन् ।

त्यसका लागि सरकारले मुख्य ७ वटा स्तम्भहरूमा आधारित रहेर कार्यनीतिहरू तय गरेको छ । जसमा बजार पहुँच, उत्पादन वृद्धि, पूर्वाधार विकास, डिजिटल व्यापार र आर्थिक कूटनीतिको क्षेत्रमा काम गर्ने विषय रहेका छन् ।

हाल नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा अत्यधिक रहेको र व्यापार घाटा फराकिलो हुँदै गएको छ । यस रणनीतिले वस्तुगत र देशगत विविधीकरणमा जोड दिँदै सूचना प्रविधि, पर्यटन र जलविद्युत् जस्ता सेवा क्षेत्रको निर्यातलाई समेत प्राथमिकतामा राखेको छ । 

सरकारले यस योजनाको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न मन्त्रालय र निकायहरूबीच समन्वय गर्ने र नियमित अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था समेत गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ५ : ३५ बजे

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’

अपाङ्ग महासङ्घमा ‘संस्थागत कू’ को प्रयास : पदाधिकारी नै आन्दोलनमा

​काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर)

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको