सर्लाहीमा गगनबारे रवि : काठमाडौंबाट आएर मधेशको छोरो हुँ भन्नेलाई ठाउँको ठाउँ रोक्नुपर्छ « Khabarhub

सर्लाहीमा गगनबारे रवि : काठमाडौंबाट आएर मधेशको छोरो हुँ भन्नेलाई ठाउँको ठाउँ रोक्नुपर्छ


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी अभियानका क्रममा सर्लाही पुगेका छन् । उनले बुधबार नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको क्षेत्रमा पुगेर सम्बोधन गरेका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ मा समेत पुगेर सम्बोधन गरेका उनले सभापति थापालाई कुनै हालतमा हराउन आग्रह गरे ।

उनले सर्लाही ४ मा रास्वपाका डा. अमरेश सिंहले जित्ने दाबी गरे । ‘मलाई थाहा छ, सर्लाही ४ मा अमरेशजीले जित्नु हुन्छ’, उनले भने, ‘यो स्थानमा अमरेशजीले नभए पनि अर्को मधेशको छोरोले जित्नुपर्छ । तर यस पटक काठमाडौंबाट आएर मधेशको छोरो हुँ भन्दैछन् । उनलाई ठाउँको ठाउँ रोक्नुपर्छ।’

उनले पहाडी र मधेशी भनेर म यहाँको मान्छे, त्यहाँको मान्छे भनेर अब बस्न नहुने बताए । ‘अब एकै पटक देशलाई न्याय दिन नेपालको कुरा गर्ने हो’, उनले भने, ‘अघिपछिको चुनाव जस्तो होइन, यस पटक विशेष चुनाव छ । सर्लाहीसँगको मेरो नाता अन्याय पर्दा उभिएको पुरानो नाता हो ।’

उनले सर्लाहीलाई पर्दा विगतमा आफू लडेको भन्दै यस पटक न्याय दिन आग्रह गरे । ‘पहिले सर्लाहीका लागि लडेँ, यस पटक मलाई अलिकति न्याय चाहिएको छ, धेरै न्याय देशलाई चाहिएको छ’, उनले भने ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ५ : ४८ बजे

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’

अपाङ्ग महासङ्घमा ‘संस्थागत कू’ को प्रयास : पदाधिकारी नै आन्दोलनमा

​काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर)

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको