आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्णरुपमा कार्यान्वयन हुन्छ : विष्णु पौडेल « Khabarhub

आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्णरुपमा कार्यान्वयन हुन्छ : विष्णु पौडेल


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् । 

बुधबार बुटवलमा आयोजना गरिएको ‘खेलाडीसंग विष्णु प्रसाद पौडेल’ कार्यक्रममा पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि आफूले ल्याएको बजेट संसदमा प्रस्तुत भई पारित समेत भएको अवस्थामा बजेट पूर्णरुपमा कार्यान्वयन हुने बताएका हुन् ।

उनले बजेटमा उल्लेख कतिपय विषयलाई वर्तमान सरकारले रद्द नभई होल्ड मात्रै गरेकाले होल्ड गरिएको निर्णय छिट्टै खुला हुने जिकिर गरे । उनले रुपन्देही क्षेत्रका विकास आयोजनाका लागि छुट्याइएको रकम समेत कार्यान्वयनमा जाने उल्लेख गरे  ।

रुपन्देही निर्वाचन क्षेत्र नं. २ का एमाले उम्मेदवार समेत रहेका पोडेलले रुपन्देहीमा उपयुक्त स्थान पहिचान गरी अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने, जिल्लालाई स्पोट्र्स हबका रूपमा विकास गर्ने लगायतका योजना रहेको बताए ।

उनले प्रदेशको गौरव आयोजनाका रूपमा रहेको उजिरसिंह रंगशालाका लागि बजेट सुनिश्चित भइसकेको भन्दै बाँकी प्रक्रिया पूरा गरी छिट्टै अघि बढ्ने दाबी गरे । 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ५ : ५२ बजे

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय

नेप्से परिसूचक १६.४७ अंकले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले