स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नजिता राम्रो आउँछ : प्रचण्ड « Khabarhub

 स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नजिता राम्रो आउँछ : प्रचण्ड


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नजिता राम्रो आउने बताएका छन् । 

बुधबार पार्टी कार्यालय पेरिसडाडामा बामबुद्धिजीविहरूसँग छलफल गर्दै प्रचण्डले अहिलेको स्थिति हेर्दा स्वच्छ निष्पक्ष चुनाव भए केही स्थानमाबाहेक अधिकांश स्थानमा नेकपाको नजिता राम्रो आउने बताएका हुन् । उनले अहिले चुनावका लागि नेकपाको जस्तो सक्रियता अरु कसैको नदेखिएको जिकिर गरे ।

मुलुकको परिवर्तनको बाहक आफूहरू नै भएकाले हिजोका सहयात्रीहरूसँग मिलेर वैदेशिक दलालहरूका विरुद्ध लाग्नुपर्ने जिम्मेवारी पनि नेकपाकै रहेको उनले बताए ।

प्रचण्डले निर्वाचनका क्रममा कसैलाई गाली गलौच गर्नुभन्दा राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र संकटबाट देशलाई बचाउने कुरा गरिरहेको धारणा राखे । 

उनले निर्वाचनका लागि स्वच्छ वातावरण बनाउनका लागि बुद्धिजीवीहरूको भूमिका समेत निकै महत्त्वपूर्ण रहेको बताए  । 
 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ६ : ३२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली