मानव अधिकार आयोगले भन्यो- निर्वाचन शान्तिपूर्ण र भयरहित बनाऔं « Khabarhub

मानव अधिकार आयोगले भन्यो- निर्वाचन शान्तिपूर्ण र भयरहित बनाऔं


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री रुपमा सम्पन्न सबै पक्षलाई आग्रह गरेका छन् । 

बुधबार काठमाडौंमा आयोजित लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मगरले सम्भावित अवाञ्छित गतिविधिहरू नगरी वा नगराई नागरिकको मानव अधिकारको सम्मान गर्न र सन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन सबै पक्षलाई आग्रह गरेका हुन् ।

सबै पक्षहरुले धैर्यता र संयमता अपनाउन, अरूप्रति लक्षित अमर्यादित र घृणायुक्त एवम् सामाजिक तथा सांस्कृतिक सद्भाव बिथोलिने अभिव्यक्ति नदिन र त्यस प्रकारका सामग्री प्रकाशन/प्रसारण नगर्न समेत सबै पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ । 

उनले निर्वाचनको खर्च समेत पारदर्शी हुनुपर्ने बताए  । निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्नुपर्ने प्रावधान निकै व्यवहारिक भएको भन्दै उनले बैंक खातामा पारदर्शिता हुनुपर्ने उल्लेख गरे । 

मगरले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्ने सामाजिक सञ्जाल सञ्चालकलाई समेत कानुनी कारबाहीमा ल्याउनुपर्नेमा जोड दिए ।

योग्य र सक्षम प्रतिनिधि निर्वाचित गराएर देशको शासन गर्ने ठाउँमा पठाउन सबैले योगदान गर्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ६ : ४३ बजे

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्