युवा पुस्ताको सक्रियता कांग्रेसका लागि महत्वपूर्ण अवसर « Khabarhub

युवा पुस्ताको सक्रियता कांग्रेसका लागि महत्वपूर्ण अवसर


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विमलेन्द्र निधिले नेपाली कांग्रेसको नयाँ नेतृत्वले लिएको दिशा र युवा पुस्ताको सक्रियता कांग्रेसका लागि महत्वपूर्ण अवसर भएको बताएका छन् ।

जनकपुरधाममा सञ्चारकर्मीसँग आज कुरा गर्दै नेता निधिले सभापति गगन कुमार थापाको नेतृत्वमा देखिएको युवा ऊर्जा र परिवर्तनको सन्देशलाई सकारात्मक रूपमा लिएको उल्लेख गरे। वर्तमान परिस्थितिमा नेपाली कांग्रेसमा नयाँ जोश, ऊर्जा र एकताको वातावरण देखिएको उनको भनाइ थियो ।

नेता निधिले फागुन ६ गते भएको आमसभा कांग्रेसका लागि सकारात्मक सङ्केत भएको बताए। उनले कांग्रेसभित्र अहिले कुनै ठूलो विवाद वा मतभेद नरहेको समेत स्पष्ट गरे। 

मधेशमा चुनावी गतिविधि तीव्र बन्दै जाँदा कांग्रेसले सङ्गठन विस्तार, घरदैलो कार्यक्रम र जनसम्पर्कलाई प्राथमिकतामा राखेको निधिले बताए। 

‘स्थानीय मुद्दा, विकासको एजेन्डा र राजनीतिक स्थायित्वको सन्देशसहित कांग्रेस चुनावी मैदानमा उत्रिएको छ’, उनले भने।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ७ : १३ बजे

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’

अपाङ्ग महासङ्घमा ‘संस्थागत कू’ को प्रयास : पदाधिकारी नै आन्दोलनमा

​काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर)

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको