पेरिसडाँडामा प्रचण्डको ब्रिफिङ : देश जलाउनेविरुद्ध लड्न कांग्रेस-एमालेसँग मिल्नुपर्ने हुन सक्छ « Khabarhub

पेरिसडाँडामा प्रचण्डको ब्रिफिङ : देश जलाउनेविरुद्ध लड्न कांग्रेस-एमालेसँग मिल्नुपर्ने हुन सक्छ


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मध्यावधि चुनाव आउन अब एक साता बाँकी रहेको अवस्थामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फेरि नेपाली कांग्रेस र नेकपा एमालेसँग मिल्ने अवस्था आउन सक्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा वामबुद्धिजीविहरूसँग बुधबार भएको अन्तरक्रियाका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीतिर लक्षित गर्दै देश जलाउनेहरूविरुद्ध लड्न दुई ठूला दलहरूसँग सहकार्य हुन सक्ने बताएका हु्न् ।

उनले ब्रिफिङका क्रममा अहिलेको अवस्थामा चुनाव हुँदा नेकपा पहिलो हुन सक्ने सम्भावना बलियो रहेको पनि जिकिर गरे । ‘अहिलेको स्थितिमा स्वच्छ र निष्पक्ष चुनाव हुँदा हामी (नेकपा) पहिलो हुन्छौँ । देशका एकाध निर्वाचन क्षेत्र र ठाउँ छाडेर हेर्दा हाम्रो अवस्था देशभर राम्रो छ’, उनले भने, ‘नेकपाले ६५ देखि ७० सीटसम्म जित्न सक्छ भन्ने अनुसन्धानको रिपोर्ट आएको छ।’

संयोजक दाहालले २०८१ असार अन्तिम साता राजनीतिक सम्बन्धविच्चछेद भएका नेपाली कांग्रेस र नेकपा एमालेसँग फेरि सहकार्य हुने सम्भावनातर्फ वामबुद्धिजीविसँग ब्रिफिङ गरेका छन्।

‘हामीले सिंहदरबासहित देशका संरचना जलाउनेहरूविरुद्ध लड्न कांग्रेस र एमालेसँग कुरा गर्नुपर्नेछ । वैदेशिक दलालविरुद्ध लड्न कांग्रेस-एमालेसँग सहकार्य गर्नुपर्ने अवस्था आउन सक्छ’, उनले भने, ‘तर त्यो सहकार्यका लागि भदौ २३ र २४ गतेको आन्दोलनका कारण अहिलेको परिस्थित सिर्जना गरेकामा कांग्रेस-एमालेले आफ्नो भूमिकाको खण्डन गर्नुपर्नेछ।’

उनले अहिलेको निर्वाचनमा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच प्रतिस्पर्धा हुने हिसाब पनि सुनाए । ‘हामीले बाँकी ७, ८ दिन कस्सिएर मिहिनेत गर्ने हो भने पहिलो नै हुनेगरि नतिजा आउँछ । नेकपाले ६५ देखि ७० सीटसम्म जित्छ भन्ने छ’, उनले भने, ‘यो निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भनेर बोलिरहनुपर्ने भएको छ । यो निर्वाचन एक किसिमले जनमत संग्रह जस्तै छ।’

उनले यो निर्वाचनमा मतदातालाई देश जलाउने र विद्यार्थीको हत्या गर्नेको पक्षमा नउभिन पनि आग्रह गरे । ‘उनीहरूको पक्षमा नभएर राष्ट्र बचाउने पक्षमा मतदाता उभिनुपर्छ’, उनले भने, ‘हामीले राष्ट्रको स्वतन्त्रता र स्वाधीनताको कुरा गरिरहेका छौँ । जनताले पनि अरूभन्दा राष्ट्रलाई एकतावद्ध राख्न सक्ने र सरकालाई पनि योजनावद्ध चलाउन सक्ने पार्टी नेकपा नै हो भनेका छन् । हामी अहिले आलोचना र गाली पनि नखाने एक मात्र पार्टी भयौँ ।’

उनले अहिले नेकपा सीधा राष्ट्रियता, जनअधिकार र लोकतन्त्रका पक्षमा उभिएको बताए । ‘नेकपाको पहिलेको भन्दा राम्रो हुने भयो भन्छन् । विरोधीले पनि नेकपाको बढ्यो भनिरहेका छन्’, उनले भने, ‘यो चुनाव एक किसिमले जनमत संग्रह भएकाले निष्पक्ष बनाउन सके हामी पहिलो शक्तिका रुपमा उभिन सक्छौँ।’

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ७ : ५८ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड