झापामा ठगी आरोपमा भारतीय नागरिकसहित सातजना पक्राउ « Khabarhub

झापामा ठगी आरोपमा भारतीय नागरिकसहित सातजना पक्राउ


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

झापा- पैसाको नक्कली बन्डल देखाई नेपाल र भारतका नागरिकलाई ठगी गर्दै हिँड्ने गिरोह पक्राउ परेको छ । झापा प्रहरीले मंगलबार अपराह्न सो गिरोहका सातजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिकहरू अरिन्दम धर, दीपा भौमिक, सुमन सरकार, नुर कलाम शेख, अवेद अली होसैन, फारुक अज्मी र झापाको कमल गाउँपालिकाका देवेन्द्र सापकोटा छन् ।

जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै नक्कली नेपाली कम्पनी खडा गरी ठगी धन्दा सञ्चालन गर्ने गिरोहलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

उनीहरूको साथबाट दुईवटा भारतीय नम्बर प्लेटका गाडी, नोटको आकारमा काटिएका २१ बाकस पैसाका साथै प्रहरीको नक्कली परिचयपत्र र नक्कली कर प्रमाणपत्र पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि लिखतसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १० : ५८ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको