न्युजिल्याण्डमा ‘साम्बा’को घुँडाको शल्यक्रिया सम्पन्न « Khabarhub

न्युजिल्याण्डमा ‘साम्बा’को घुँडाको शल्यक्रिया सम्पन्न


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को घुँडाको शल्यक्रिया सम्पन्न भएको छ । उनको न्युजिल्याण्डको अकल्याण्डस्थित अस्पतालमा आज बिहान शल्यक्रिया सम्पन्न भएको हो ।

साम्बाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत डाक्टर साइमन र उनको टोलीबाट सफलतापूर्वक घुँडाको शल्यक्रिया भएको जानकारी गराएकी छिन् ।

कतारमा घुँडाको शल्यक्रिया गर्नका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग संकलन गरेकी उनले खाडी क्षेत्रमा हालको अवस्था सामान्य नहुँदा न्युजिल्याण्डमै उपचार गरिएको जनाएकी छिन् ।

उनले लेखेकी छिन्– ‘खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझावअनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ, स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने जानकारी सबैमा गर्दछु।’

उनले आफ्नो उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । उनि भन्छिन्– ‘यस पीडाको घडीमा मलाई साथ दिनुहुने वेलिङ्गटन र अकल्यान्डमा रहनुभएका नेपाली परिवारलाई जति धन्यवाद दिए पनि कम हुन्छ, मेरो क्लब वेलिङ्गटन फिनिक्स र मेरो व्यवस्थापन टिमले दिनरात गरेर यो शल्यक्रियाको लागि समय मिलाउनुभएको छ । आम समर्थक जसले सधैँ मेरो लागि सहयोग र माया दिनुभयो, त्यसै ऊर्जा लिएर म पुनरागमनको यात्रामा अघि बढेको छु । यहाँहरू सबैलाई हृदयदेखि धन्यवाद । अब सम्पूर्ण ध्यान पुनरागमनमा ।’

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ८ : १५ बजे

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति