रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई « Khabarhub

रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन् ।

मंगलबार भएको टेलिफोन संवादका क्रममा दूत गोरले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न अमेरिका उत्सुक रहेको बताएका छन् ।

उनले आर्थिक साझेदारीलाई थप सुदृढ बनाउँदै नेपाल–अमेरिका सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त संवादले दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सहकार्यका सम्भावनालाई सकारात्मक रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

रास्वपाले फागुन २१ गतेको निर्वाचनमा अभूतपूर्व सफलता हात पारेको छ। उसले प्रत्यक्ष र समानुपातिक दुवैमा १८२ सिट जितेको छ । यसअघि रास्वपालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिइसकेका छन् । उता चीनले पनि बधाई पत्र पठाएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ११ : ५० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले