रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई « Khabarhub

रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन् ।

मंगलबार भएको टेलिफोन संवादका क्रममा दूत गोरले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न अमेरिका उत्सुक रहेको बताएका छन् ।

उनले आर्थिक साझेदारीलाई थप सुदृढ बनाउँदै नेपाल–अमेरिका सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त संवादले दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सहकार्यका सम्भावनालाई सकारात्मक रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

रास्वपाले फागुन २१ गतेको निर्वाचनमा अभूतपूर्व सफलता हात पारेको छ। उसले प्रत्यक्ष र समानुपातिक दुवैमा १८२ सिट जितेको छ । यसअघि रास्वपालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिइसकेका छन् । उता चीनले पनि बधाई पत्र पठाएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ११ : ५० बजे

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली