कार्यरत रहेको संस्थामा मात्रै आफ्नो विवरण राख्न चिकित्सकलाई काउन्सिलको निर्देशन  « Khabarhub

कार्यरत रहेको संस्थामा मात्रै आफ्नो विवरण राख्न चिकित्सकलाई काउन्सिलको निर्देशन 


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले दर्तावाल चिकित्सकहरूलाई लक्षित गर्दै आफ्नो नाम र दर्ता प्रमाणपत्र आफू प्रत्यक्ष रूपमा कार्यरत स्वास्थ्य संस्थाहरूमा मात्र प्रयोग गर्नुपर्ने स्पष्ट निर्देशन दिएको छ ।

काउन्सिलले मंगलबार एक सुचना जारी गर्दै चिकित्सकहरूले आफ्नो एनएमसी रजिस्ट्रेसन सर्टिफिकेट आफू संलग्न नरहेका क्लिनिक वा अस्पतालमा राख्दा सर्वसाधारणमा भ्रम उत्पन्न हुने र यसले व्यावसायिक आचारसंहिताको उल्लंघन गर्न सक्ने उल्लेख गरेको छ ।

सूचनाअनुसार, कतिपय अवस्थामा चिकित्सकको नाम र दर्ता नम्बर उनी कार्यरत नभएका संस्थामा प्रयोग भइरहेका कारण गलत सन्देश जाने तथा बिरामीहरूलाई भ्रममा पार्ने जोखिम बढेको देखिएको छ । यसले भविष्यमा कानुनी तथा प्रशासनिक समस्या निम्त्याउन सक्ने भएकाले काउन्सिलले सचेत रहन आग्रह गरेको हो ।

काउन्सिलले सबै चिकित्सकहरूलाई आफ्ना विवरणहरूको दुरुपयोग हुन नदिन, आफू कार्यरत नरहेका पुराना स्वास्थ्य संस्थाबाट आफ्नो नाम, प्रमाणपत्र र दर्ता नम्बर तुरुन्त हटाउन निर्देशन दिएको छ। साथै, साइनबोर्ड, विज्ञापन तथा दर्ता पुस्तकमा आफ्नो विवरणको सही प्रयोग भइरहेको छ वा छैन भन्ने विषयमा समेत नियमित रूपमा निगरानी गर्न भनिएको छ ।

काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले जारी गरेको सूचनामा चिकित्सकहरूलाई व्यावसायिक नैतिकता कायम राख्दै जिम्मेवार ढंगले आफ्नो विवरण प्रयोग गर्न विशेष अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १ : ०९ बजे

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम