ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ « Khabarhub

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको दाबी गरेका छन्।

मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले इरानी वार्ताकारहरूले अमेरिका समक्ष तेल र ग्याससँग सम्बन्धित अत्यन्त महत्त्वपूर्ण प्रस्ताव प्रस्तुत गरेको बताएका हुन्। उनका अनुसार उक्त प्रस्ताव होर्मुज जलडमरूसँग सम्बन्धित छ, तर यसबारे थप विवरण भने उनले सार्वजनिक गरेका छैनन्।

ट्रम्पले उक्त प्रस्तावले आफ्नो प्रशासन सही पक्षसँग वार्ता गरिरहेको पुष्टि गरेको बताएका छन्। साथै, उनले इरानी पक्ष अमेरिकासँग सम्झौता गर्न हतारिएको समेत दाबी गरेका छन्।

यद्यपि, इरानतर्फबाट यस विषयमा कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  २ : १८ बजे

इरानको मिसाइल हमला जारी, ट्रम्पसँग वार्ताको संकेतपछि तनाव बढ्यो

तेहरान– इरानले बुधबार मध्यपूर्व क्षेत्रमा पुनः मिसाइल आक्रमण सुरु गरेको

सिंहदरबारमा तयार भए छ दलका लागि संसदीय दलको कार्यालय (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली

आफ्नो बचाउ गर्दै रविको बयान : कारागारले दिएको पत्र बनाउन मेरो सहभागिता थिएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारबाट