दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र « Khabarhub

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको संयुक्त राष्ट्रसङ्घका एक उच्च अधिकारीले बताएका छन् । विशेषगरी मध्यपूर्व क्षेत्रमा चर्किएको द्वन्द्वका कारण सर्वसाधारण नागरिकको जीवनमा गम्भीर असर परेको छ र यसको प्रभाव विश्वभर फैलिएको छ ।

संयुक्त राष्ट्रसङ्घको परियोजना सेवा कार्यालयका कार्यकारी निर्देशक जोर्ज मोरेइरा दा सिल्भाका अनुसार हिंसा र अस्थिरताका कारण ठूलो सङ्ख्यामा मानिसहरू आफ्ना घरबार छोड्न बाध्य भइरहेका छन्, र यो सङ्ख्या प्रत्येक घण्टा बढ्दो क्रममा छ ।

उनले मध्यपूर्वको द्वन्द्वले सीमाना नाघ्दै विश्व अर्थतन्त्रलाई समेत असर पारेको उल्लेख गरे। तेल, इन्धन र ग्यासको मूल्यमा तीव्र वृद्धि भई यसको असर विश्वव्यापी रूपमा देखिएको छ ।

विशेषगरी एशिया र अफ्रिकाका विकासोन्मुख देशहरू यसबाट सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ । यस वर्ष विश्वभर भोकमरीको समस्या झन् गम्भीर बन्ने र प्रभावित हुने मानिसहरूको संख्या करोडौँले बढ्न सक्ने चेतावनी दिइएको छ ।

संयुक्त राष्ट्रसङ्घले सबै पक्षलाई सुरक्षा परिषदका निर्णयहरू कार्यान्वयन गर्न र कूटनीतिक तथा शान्तिपूर्ण उपायमार्फत द्वन्द्व अन्त्य गर्न आग्रह गरेको छ ।

उक्त कार्यालयले विश्वका १०० भन्दा बढी देशहरूमा परियोजना व्यवस्थापन, खरिद तथा पूर्वाधार विकाससम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ३ : १० बजे

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली