पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता « Khabarhub

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्तिको खोजी भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार गौजेनीस्थित मैदानबाट लप्से जाने सडकखण्ड विस्तारको क्रममा माथिबाट खसेको पहिरोमा पुरिएर स्थानीय ३५ वर्षीय फूलमान तामाङको निधन भएको हो । उनको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।

सडक विस्तारमा कार्यरत ललितपुर घर भएका स्काभेटर चालक २४ वर्षीय अमृत तामाङ पहिरोमा पुरिएर हराइरहेका छन् । उनको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित स्थानीयवासी खटिएका छन् ।

 तामाङ केही दिन अघि मात्र स्काभेटर चलाउन नुवाकोट आएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ५ : ०४ बजे

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद

अमेरिका–इरान वार्ताबारे फैलिएका अड्कलबाजीबीच इरानी राजदूतको स्पष्टिकरण

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि अमेरिका र इरानबीच वार्ता

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग  

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन