काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित कार्की जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । ८८९ पृष्ठ लामो प्रतिवेदन जनआस्था साप्ताहिकले बुधबार बिहान सबैभन्दा पहिले सार्वजनिक गरेको थियो ।
आन्दोलनका क्रममा प्रभावित बनेका तथा विवादमा तानिएका विभिन्न व्यक्ति र सरकारी अधिकारीको बयान सामेल गरिएको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती राजलक्ष्मी चित्रकारले नियोजित रुपमा आक्रमण गरेको समूहले गोप्य फाइल रहेको आंशकामा कम्युटर फुटाएर हार्डडिस्क चोरी गरेको बताएकी छन् ।
‘सिंहदरबार जस्तो ठाउँमा महत्त्वपूर्ण कागजात, सन्धि कहाँ छ भन्ने थाह भएको मान्छे संलग्न नभई यो कम्प्युटरमा के छ भन्ने थाह नभई कसरी यहीँ कम्प्यटुर फुटाएर हार्डडिस्क लान्छ ? आगजनी गर्छ ?,’ प्रश्नसहित उनको बयान प्रतिवेदनमा उल्लेख छ ।
आन्दोलनको क्रममा घाइते भएकी उनले तत्कालीन काठमाडौं महानगरपालिका प्रमुख रहेका बालेन्द्र शाह लक्षित प्रश्न गर्दै भनेकी छिन,‘ आपराधिक नायक निर्भीक रुपमा हिँडिरहँदा सरकारले किन पक्राउ गर्न सकेको छैन ? उसको घर र नगरपालिका मात्रै किन बच्यो ? अरु सबै जल्ने तर उसको किन नजलेको, उ प्रधानमन्त्री भए पनि सबै जलाउँछ,’ प्रतिवेदनमा उल्लेख छ ।














प्रतिक्रिया